सोमबार, भदौ ८, २०८३

देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

मनसुनी वायुको प्रभावले देशभरको मौसम सक्रिय छ। जसले गर्दा हाल देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ।
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

काठमाडौं- मनसुनी वायुको प्रभावले देशभरको मौसम सक्रिय छ। जसले गर्दा हाल देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार बिहान ६ जारि गरिएको महाशाखाको बुटेलिनमा प्रदेश २ केही स्थानमा भने मेघगर्जन/चट्टयाङ्सहित वर्षा भइरहेको महाशाखाले जनाएको छ। 

आज दिनभर नै देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ। देशका केही  स्थानमा मेघगर्जन/चट्टयाङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।

भारी वर्षाको सम्भावना रहेका तटीय क्षेत्रका बासिन्दालाई उच्च सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको हुनेभएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो।

प्रकाशित: Jun 15, 2021| 01:12 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।