काठमाडौं– घरेलु टिम स्पेन युरो कप २०२० को पहिलो खेलमा गोलरहित बराबरीमा रोकिएको छ।
स्पेनिस सहर सेभिल्लीको डि ला कुर्टजा रंगशालामा सम्पन्न खेलमा घरेलु टिम स्विडेनसँग गोलरहित बराबरीमा रोकिएको हो।
उत्कृष्ट प्रदर्शन गर्दै स्पेनले खेलको ८६ प्रतिशत समय बलमा नियन्त्रण बनाउन सके पनि गोल गर्न सकेन्।
त्यसो त स्पेनले १७ पटक पोस्ट अट्याम्प गर्दा पाँच पटक बलले सही दिशा लिएको थियो। तर, ति सबै प्रहार किपरको हातसम्म मात्र पुगे।
यता स्विडेनले बललाई नियन्त्रण लिने अवसर विरलै मात्र पाए पनि स्पेनको पोस्टतर्फ चार प्रहार गर्न सक्यो। ति प्रहार खेर गएपछि दुवै टिमबाट गोल हुन सकेन्।
यो बराबरीसँगै स्पेन र स्विडेनले १–१ अंक बाँडेका छन्। उनीहरू समूह ईको दोस्रो र तेस्रो स्थानमा छन्।