बिहीबार, असार २५, २०८३

स्लोभाकियाले १० खेलाडीमा समेटिएको पोल्यान्डलाई हरायो

युरोपेली देशहरूको महादेशिय फुटबल प्रतियोगिता युरो कपमा पोल्यान्डलाई स्लोभाकियाले हराएको छ।
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

काठमाडौं– युरोपेली देशहरूको महादेशिय फुटबल प्रतियोगिता युरो कपमा पोल्यान्डलाई स्लोभाकियाले हराएको छ।

रसियाको सेन्ट पिटसबर्गमा सम्पन्न खेलमा स्लोभाकियाले पोल्यान्डलाई २–१ गोलअन्तरले हराएको हो।

खेलको ४२ प्रतिशत समय मात्र बलमा नियन्त्रण राख्न सकेको स्लोभाकियाले १८औं मिनेटमा गोल खाएको थियो। पोल्यान्डका गोलकिपर वोइच स्टरेन्सनेले आत्मघाति गोल गरेपछि स्लोभाकियाले अग्रताको अवसर पायो।

तर, खेलको ४२औं मिनेटमै पोल्यान्डका मेसिज रुबसको प्रहारलाई करोल लिन्टेले गोलमा परिणत गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा रोकिएको थियो।

दोस्रो हाफमा पोल्यान्डका गजेगोस क्रुकोवियाकले दोहोरो फल गर्दै रेड कार्ड पाएका थिए। क्रुकोविस बाहिरिएर १० खेलाडीमा समेटिए पनि बल पोसेसनमा उत्कृष्ट देखिएको पोल्यान्डले थप गोल गर्न सकेन।

बरु ६९औं मिनेटमा स्लोभाकियाका मिलन सृन्करले गोल गर्दै स्लोभाकियलाई २–१ गोलको अग्रता दिलाए। यो अग्रतासाथ स्लोभाकियाले खेल जित्यो। 
यससँगै स्लोभाकिया समूह ईको शीर्षस्थानमा छ। पोल्यान्ड पुछारमा छ भने समान १–१ अंक भएका स्पेन र स्विडेन दोस्रो र तेस्रो स्थानमा छन्।

प्रकाशित: Jun 15, 2021| 00:36 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।