सोमबार, भदौ ८, २०८३

कर्णालीका तीन मन्त्री प्रतिपक्षीको कुर्सीमा

एमालेका तीन जना मन्त्री प्रदेश सभामा प्रतिपक्षीको कुर्सीमा बस्ने भएका छन्।
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

सुर्खेत– एमालेका तीन जना मन्त्री प्रदेश सभामा प्रतिपक्षीको कुर्सीमा बस्ने भएका छन्।

प्रदेशसभा सचिवालयले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई प्रमुख प्रतिपक्षीको लहरमा बसाल्ने निर्णय गरेको हो।

‘सर्वोच्च अदालतको निर्णयपछि पुनर्वहाली भएर आएपछि जुन दलबाट प्रतिनिधित्व गर्छन्, हामीले त्यही दलमा राख्ने निर्णय गरेका छौँ,’ सभामुख राजबहादुर शाहीले भने, ‘भोलिदेखि मन्त्रीहरुलाई पनि प्रमुख प्रतिपक्षीकै सिटमा बस्ने व्यवस्था मिलाइएको छ।’ यद्यपि, आफू कहाँ बस्ने निर्णय भने मन्त्रीहरुमै निर्भर हुने सभामुख शाहीले बताए।

‘प्रदेशसभाले दललाई चिन्ने हो, मन्त्रीहरु जुन दलमा हुनुहुन्छ, त्यही दलको सिटमा बस्नुहुन्छ,’ उनले भने, ‘बाँकी कुरा त उहाँहरुले नै जान्ने कुरा भयो।’ 
 

प्रकाशित: Jun 14, 2021| 16:41 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।