सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल निवास पुगेर देउवा र प्रचण्डले भने- ओलीविरुद्ध गठबन्धन अझ कसिलो बनाऔँ

नेपाल निवास पुगेर देउवा र प्रचण्डले भने- ओलीविरुद्ध गठबन्धन अझ कसिलो बनाऔँ

छुट्टाछुट्टै पार्टीका तीनै पूर्वप्रधानमन्त्रीहरूले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको गठबन्धनलाई थप कसिलो बनाउने विषयमा छलफल गरेको देउवानिकट नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले जानकारी दिए। 
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

काठमाडौं- सोमबार साँझ नेपाल कम्युनिस्ट पार्टी वरिष्ठ नेतासमेत रहेका माधव कुमार नेपाल निवासमा तीन जना पूर्वप्रधानमन्त्रीहरूले छलफल गरेका छन्। नेता नेपाललाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेपाल निवास कोटेश्वर पुगेका थिए। 

छुट्टाछुट्टै पार्टीका तीनै पूर्वप्रधानमन्त्रीहरूले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको गठबन्धनलाई थप कसिलो बनाउने विषयमा छलफल गरेको देउवानिकट नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले जानकारी दिए। 

'बैठकमा विपक्षी गठबन्धनलाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भयो। सभापतिजीले नै विषयको उठान गर्नुभएको थियो,' स्रोतले नेपाल समयसँग भन्यो। 

प्रदेशदेखि केन्द्रसम्मका सरकारमा गठबन्धनलाई निरन्तरता दिने समेत छलफलले निष्कर्ष निकालेको छ। गठबन्धनमा फाटाे ल्याउन गरिने चलखेल प्रति चनाखाे रहनुपर्नेमा तीनै पूर्वप्रधानमन्त्रीहरू एकमत रहेको बताइएको छ। 

यसका साथै केपी ओलीको असंवैधानिक कदमविरुद्ध दृढ र एकजुट रहिरहनेसमेत बैठकको निष्कर्ष भएको खड्काले जानकारी दिए। 

बैठकमा कोभिड नियन्त्रणमा सरकार चुकेको र खोप ल्याउने विषयलाई समेत सरकारले बेवास्ता गरेको उनीहरूले ठहर गरेका थिए। निषेध आदेशले गरिखाने वर्गलाई झन् प्रताडित बनाएकाले यसको स्वरुप हेरफेर गरी खोपमा जोड दिनुपर्नेमा सरकार अरु नै विषयमा अल्मलिएको विषयमा चिन्तासमेत प्रकट गरेको थियो।

प्रकाशित: Jun 14, 2021| 15:55 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।