बिहीबार, असार २५, २०८३

सेन्टर लाइन छेऊबाट गरिएको प्रहारमा आकर्षक गोल...

फुटबल मैदानको सेन्टरलाइनबाट स्कटल्यान्डको पोस्टतर्फ दुई पाईला अघि बढ्दै चेक रिपब्लिकका प्याट्रिक सेकले गरेको प्रहार गोलमा परिणत भएको छ।
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

काठमाडौं- फुटबल मैदानको सेन्टरलाइनबाट स्कटल्यान्डको पोस्टतर्फ दुई पाईला अघि बढ्दै चेक रिपब्लिकका प्याट्रिक सेकले गरेको प्रहार गोलमा परिणत भएको छ। उनले दोस्रो हाफमा सो गोल गरेसँगै चेक रिपब्लिकविरुद्ध स्कटल्यान्ड दुई गोलले पछि परेको थियो।

युरोकप २०२० अन्तर्गत सोमबार राति सम्पन्न खेलमा स्कटल्यान्डले चेक रिपब्लिकलाई गोल फर्काउन नसकेपछि उसले २–० गोलको हार बेहोरेको छ। र, प्याट्रिकले सेन्टरलाइन छेउबाट गरेको गोल प्रतियोगिताको एउटा सम्झनलायक पल बन्यो।
त्यसो त पहिलो हाफको ४२ औं मिनेटमै भी कोउफलले उपलब्ध गराएको बललाई सदुपयोग गर्दै प्याट्रिकले चेक रिपब्लिकका लागि पहिलो अग्रता दिलाएका थिए।

यससँगै पहिलो हाफमा चेक रिपब्लिकलेल स्कटल्यान्डलाई एक गोलले पछि पार्यो। त्यस्तै दोस्रो हाफको ५२ औं मिनेटमा टी सउसेकले दिएको पासलाई प्याट्रिकले नै गोलमा बदलेका थिए।

प्याट्रिकले स्कटल्यान्डका गोलकिपरको गल्ती पत्ता लाउँदै काउन्टर अट्याकमा मैदानको बीच भागबाटै प्रहार गरेका थिए। उनको बायाँ खुट्टाले गरेको प्रहार गोलकिपरको माथिबाट अघि बढ्दै पोस्टभित्र छिरेको थियो।
स्कटल्यान्डका डिफेन्डर मार्सलले बल बचाउन प्रयास गरे पनि उनको गतिले बल भेट्न सकेन। पोस्टबाट निकै अघि रहेका स्कटल्यान्डका गोलकिपरले पनि बल बचाउन सकेनन्।

यससँगै समूह डीमा रहेको चेक रिपब्लिकले ४२ प्रतिशतको बल पोसेसन राख्दै जित निकालेको छ। उसले खेल अवधिभर स्कटल्यान्डको पोस्टमा १० प्रहार गरेकोमध्ये सात प्रहार सही दिशामा थिए।

यता स्कटल्यान्डले १९ प्रहार गर्दा चार प्रहार मात्र सही दिशामा परेका थिए। आजको जितसँगै चेक रिपब्लिक समूहको शीर्षस्थानमा छ भने स्कटल्यान्ड पुछारमा छ।
सोही समूहको आइतरबार राति सम्पन्न खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १–० गोलले हराएको थियो।

प्रकाशित: Jun 14, 2021| 15:22 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।