सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'प्रहरीको डाक्टर हुँ' भन्दै ठगी गर्ने कृष्णप्रसाद ढुंगाना काठमाडौंबाट पक्राउ

'प्रहरीको डाक्टर हुँ' भन्दै ठगी गर्ने कृष्णप्रसाद ढुंगाना काठमाडौंबाट पक्राउ

ढुंगानाले ठगी गर्नकै लागि प्रहरीको पोशाक लगाएको फोटो फेसबुकमा समेत राखेका थिए। उनले आफूले ओहोदा/पदवीसमेत पाएको भनी भ्रम सिर्जना गरी ठगी गर्दै आएको प्रहरीको भनाइ छ। 
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

काठमाडौं- 'नेपाल प्रहरीको डाक्टर हुँ' ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ जिल्ला तारकेश्वर नगरपालिका-६ का ४४ वर्षीय कृष्णप्रसाद ढुङ्गाना छन्।

तारकेश्वरमा ढुंगानाले सञ्चालन गरेको भिक्टोरिया फार्मेसीबाट उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ।

ढुंगानाले ठगी गर्नकै लागि प्रहरीको पोशाक लगाएको फोटो फेसबुकमा समेत राखेका थिए। उनले आफूले ओहोदा/पदवीसमेत पाएको भनी भ्रम सिर्जना गरी ठगी गर्दै आएको प्रहरीको भनाइ छ। 

ढुंगानाबाट प्रहरीले नेपाल प्रहरीका विभिन्न पदहरूको यूनिफर्म लगाएका तस्बिर ३ थान, प्रहरी नायब उपरीक्षकको यूनिफर्म १ थान, नेपाल प्रहरीको जर्सी १ थान र मोबाइल सेट १ थान बरामद गरेको जानकारी दिएको छ। 

उनीमाथि थप अनुसन्धान कार्य भइरहेको छ। पक्राउ परेका ढुंगानाबाट ठगीमा परेका व्यक्तिले प्रहरीसँग सम्पर्क गर्न पनि महाशाखाले आग्रह गरेको छ। 

प्रकाशित: Jun 14, 2021| 13:33 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।