सोमबार, भदौ ८, २०८३

कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा लागुऔषध खैरो हेरोइनसहित कैलालीका दुई जना पक्राउ परेका छन्।
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

धनगढी- कञ्चनपुरमा लागुऔषध खैरो हेरोइनसहित कैलालीका दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–५ गेटाका २८ वर्षीय सुरेन्द्र विष्ट र सोही ठाउँ बस्ने २२ वर्षीय सन्तोष राना रहेको प्रहरीले जनाएको छ। 

उनीहरुलाई कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुंईबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए।

उनीहरुको साथबाट ९.०८० ग्राम लागुऔषध खैरो हेरोइन बरामद भएको थापाले बताए। उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित: Jun 14, 2021| 13:32 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।