पोखरा- गण्डकी प्रदेश सरकारले कोभिड–१९ महामारी नियन्त्रण तथा राहतलाई केन्द्रित गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज (सोमबार) नीति तथा कार्यक्रम संसदमा पेश गरिन्।
कार्यक्रममा कोरोना महामारीलाई नियन्त्रण गर्ने र कोरोना प्रभावितहरुलाई राहतका कार्यक्रमहरु समावेश गरिएको छ। कोरोनाका कारण ज्यान गुमाएका अभिभावकका बालबालिकालाई नगद राहतका कार्यक्रम बजेटमा राखिएको छ।
यस्तै कोरोना संक्रमण न्यूनीकरण गर्न खटिएका कर्मचारीहरुलाई पनि प्रोत्साहन गर्ने कार्यक्रमहरु पौडेलले सार्वजनिक गरिन्।
यो सरकारले अघिल्लो सरकारले ल्याएका अधिकांश कार्यक्रमलाई नै निरन्तरता दिएको छ। केही कार्यक्रमहरुलाई भने परिमार्जन र पुनरावलोकन गरिएको छ।
शनिबार गठन भएको नयाँ प्रदेश सरकारले हतारैहतारबीच कार्यक्रम ल्याएको हो। प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्माण गर्न राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षद्वय मीनबहादुर श्रेष्ठ, डा. जगदिशचन्द्र पोखरेल, डा. भिमा ढुंगानालगायतको टोली सक्रिय थियो।
आगामी आर्थिक वर्षको लागि प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम यस्तो छ :