बुधबार, माघ ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • 'स्पेनिस टोलीका लागि प्रशिक्षक इनरिके संकटमा रुपमा देखा परेका छन्' 

'स्पेनिस टोलीका लागि प्रशिक्षक इनरिके संकटमा रुपमा देखा परेका छन्' 

अहिलेको स्पेनको टिम जारी युरोकपमा चौथो धेरै युवा खेलाडी भएको टिम हो। टिममा सर्जियो बुस्क्वेट्स र जोर्डी आल्वा मात्र उपाधि विजेता खेलाडी छन्।
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

युरोकपका लागि एउटा चट्टानी फुटबल टोली हो स्पेन। तर, प्र्रशिक्षक लुइस इनरिकेको निर्णयले राष्ट्रिय टिममा जोखिम निम्त्याएको छ। यो राम्रोका लागि गरिएको निर्णय हो वा नराम्रोको लागि, त्यो इनरिकेलाई नै थाहा होला। तर, हठी स्वभावका प्रशिक्षक त्यही चाहन्छन्।

National life

बार्सिलोनाका पूर्व प्रशिक्षक अहिले सबै कुरा ठिक रहेको दावी गरिरहेका छन्। कप्तान सर्जियो बुस्क्वेट्स र डियागो लोरेन्टेलाई कोभिड लागेपछि उनको टिमको अभ्यासमा देखिएको तरलतालाई पनि इनरिकेले वास्ता गरिरहेका छैनन्। यदी उनको निर्णय सही छ भने खेलमा त्यो देखिनु पर्नेछ।

अहिले स्पेनको टिम समस्याको भूमरीबाट जेलिएको छ। यो समस्या त्यो समय देखि जेलिएको हो, जुन बेला विश्वकप सुरु हुनुभन्दा दुई दिन अघि जुलन लोपेटेगुईले रियल मड्रिडको प्रशिक्षक बन्ने निर्णय गरे।

२०१८ को त्यो विश्वकप स्पेनले भयावह अवस्थामा सुरु गरेको थियो। विश्वकपको अन्तिम तयारी चलिरहँदा प्रशिक्षक लोपेटेगुई बर्खास्त भए। 

अहिले युरो सुुरू हुँदै गर्दा पनि इनरिकेसँग त्यस्तै समस्या छन्। उनको मुख्य समस्या हो– कोराना भाइरस। जसको पहिलो मारमा परेका छन्– कप्तान बुस्क्वेट्स। अभ्यासका लागि मैदानमा जानुपर्ने बेला उनी आइससोलेसनमा बसिरहेका छन्। एक्लै अभ्यास गर्नुपर्ने बाध्यतामा उनी छन्। 

Laxmi sunrise bank
kumari

यता ‘ला रोजा’ले प्रतियोगिता सुरू हुनुभन्दा दुई दिनअघि मात्र खेलाडीहरुलाई एकत्रित गर्न सकेको छ। र, आज उसले ३० डिग्री तापक्रम रहेको सेभिल्लामा स्विडेनविरुद्ध खेल्दैछ। खेलका लागि तयार हुन स्पेनले अहिले दिनको सबैभन्दा गर्मी समयमा अभ्यास गरिरहेको छ।

‘सत्य भन्ने हो भने, मैदानमा भन्दा अभ्यास धेरै तापक्रममा भइरहेको छ,’ इनरिकेले तापक्रमबारे भनेका छन्, ‘यदी मानिसमा केही राम्रो गुण छ भने त्यो वातावरणमा घुलमिल हुनसक्ने क्षमता नै हो। हामी अहिले अप्ठ्यारो अवस्थामा भए भविष्यको चिन्ता गरिरहेका छौं।’

स्पेनले पछिल्लो खेलमा सिनियर टिम खेलाउनु पर्ने थियो। तर कप्तानलाई कोभिड देखिएपछि उसले लिथिुनयाँविरुद्ध यू–२१ को टिम उतारेको थियो। सिनियर टोली भने क्वारेन्टिनमा बस्नुपरेको थियो।

त्यस्तै, स्पेनिस एफएका प्रमुख लुइस रुवियालले राष्ट्रिय टेलिभिजन प्रसारण ‘लाइन ला वान’ ले खेलको प्रत्यक्ष प्रशारण सारेर ‘टेलीडिपोर्टा’बाट गरेको थियो। 

‘इतिहासमै पहिलो पटक उनीहरुले मेन च्यानलबाट प्रत्यक्ष प्रसारण सारेर दोस्रो च्यानलमा लगे,’ उलियल्सले भनेका छन्, ‘आज हामीलाई केही धेरै सहयोग चाहिएको छ। यदी हामीलाई, खेलाडीलाई, राष्ट्रिय टिम र फेडेरेसनलाई सम्मान गर्नुहुन्छ भने यो राम्रो होइन। मलाई आशा छ, उनीहरुले स्पेनको टिमलाई अझै सम्मानका साथ हेर्नेछन्। र, कमजोर भएको अवस्थामा गरिरहेको भन्दा धेरै राम्रो व्यवहार गर्नेछन्।’ 

त्यो खेलमा युवा खेलाडीले ४–० गोलको जित निकालेका थिए। कार्लोस सोलर, पावलो फोर्नल्स र ब्राइस मेन्जेजले आफ्नो विदा मनाउन समेत पाएनन्। उनले राष्ट्रिय टिमको ड्युटीमा फर्किसकेका छन्। जसले टिममा अझै कोभिड–१९ संक्रमण पुष्टि हुन सक्ने खतरा समेत बढेको छ। 

‘यसको मतलब हामी सर्जियोको पर्खाइमा बस्न चाहन्छौं, भन्ने होइन। तर के हो भने भविष्यमा उनीकै पर्खाइमा हुनेछौं भन्ने हो,’ इनरिकले भनेका छन्। स्पेन एउटा त्यस्तो देश हो जहाँ कोभिडविरुद्धको भ्याक्सिन खेलाडीलाई दिइएको छैन। तर, युरोकप सुरु हुनुअघि आर्मीलाई भ्याक्सिन लागाउन सुरु गरिएको थियो। 

‘हामीलाई थाहा हुनुपर्छ कि त्यसको साइड इफेक्ट कति हुन्छ,’ टिम खोपबारे प्रष्ट हुन नसकिरहेका बेला इनरिकेले भने, ‘हामी चाहन्छौं कि खोपको प्रकृया चाँडो होस्। यसको सम्भावित साइड इफेक्टले हाम्रो खेलमा असर गर्न सक्नेछ। जुन निकै खराब हुनेछ।’

स्पेनिस टिमको अर्को समस्या हो– नियमित कप्तान सर्जियो रामोसको अनुपस्थिति। सन् २०२१ यता लगातार फिटनेसमा समस्यासँग जुधिरहेका रामोसलाई इनरिकेले युरोकप खेल्ने टोलीमा समेटेनन्। स्पेनिस मिडियाको ठूलो दबाबलाई इनरिकेले वास्तै गरेनन्। 

युरोकप खेल्ने टिमले २६ खेलाडी बोलाउन पाउने नियम छ। तर, इनरिकले २४ जना खेलाडी मात्रै बोलाएका छन्। उनले चाहेको भए रामोससँगै थप एक जना खेलाडीलाई टिममा बोलाउन सक्ने थिए। तर, उनले त्यसो गरेनन्। त्यो नै इनरिकेको आलोचना हुने सबैभन्दा ठूलो कारण बनेको छ। 

कोरोना प्रभावका कारण एक वर्ष धकेलिएको प्रतियोगिता खेल्न खेलाडीलाई कठिन हुने आँकलन गरिएको छ। लामो समयको ग्यापिङका कारण विभिन्न क्लबबाट खेल्ने खेलाडीले सामूहिक खेल खेल्न कठिन हुने बताइएको छ। यसले समेत प्रशिक्षकलाई अप्ठ्यारोमा पार्न सक्छ। 

‘अहिले मैले २४ नभएर २३ खेलाडी मात्रै बोलाउन सक्थेँ,’ २६ जना खेलाडी नबोलाएको बारे गरिएको प्रश्नमा इनरिकेले भने, ‘धेरै मानिसहरु एकैठाउँमा हुँदा भाइरसको संक्रमण फैलने खतरा हुन्छ। त्यसैले म मेरो निर्णयमा अडिग छु।’

यता स्पेनिस टिममा प्रशिक्षकले बोलाउन छुटाएका अर्को नाम हो– ला लिगा विजेता एट्लेटिको मड्रिडका मिडफिल्डर साउल निग्वेज। त्यस्तै सेभियाका राइट ब्याक जिसस नभास समेत टिममा छैनन्। स्पेनको टिम सम्झनेबित्तिकै आँखामा आउनु पर्ने खेलाडी भित्र उनीहरु पर्छन्। 

छोटकरीमा भन्दा, युरोकप छनोट खेलेका २२ जना खेलाडी मध्ये युरोकप खेल्ने टोलीमा ६ खेलाडी मात्र छन्। यसअघि पोर्चुगलविरुद्धको खेलमा पनि स्पेनले गोल गर्न सकेको थिएन त्यो पनि घरेलु मैदानमा। वान्डा मेट्रोपोलिटानो रंगशालामा समर्थकले त्यतिबेला लुइस इनरिके र आल्भरो मोरटाको विरुद्धमा चर्को हुटिङ गरेका थिए।

युरोकप खेल्ने टोलीमा सेल्टा भिगोका मार्कम्यान लागो आसपासलाई समेत छुटाउन हुँदैन थियो। तर, उनलाई पनि प्रशिक्षक इनरिकले बिर्सिएका छन्। यी सबै कुराका बाबजुद उनले फरवार्ड फरान टोरेस, डानी ओल्मोदेखि बार्सिलोनाका पेड्रीमा विश्वास गरेका छन्। जुन आउँदा खेलमा स्पेनका लागि प्रमुख र युवा खेलाडी बन्ने पक्का छ।

प्रशिक्षकले रियल मड्रिडका एकजना खेलााडीलाई पनि टिममा स्थान नदिएको भनेर पनि आलोचना भइरहेको छ। रामोस, लुकास भास्क्वेज र ड्यानी कार्भाजाल चोटका कारण टिममा नपरेको कुरामा असहमत हुन सकिँदैन। तर, नाचो फर्नान्डेसको विषयमा समर्थकले चित्त बुझाउन सकेका छैनन्। यदि प्रशिक्षक लिडर हुन सक्दैन भने त्यो खतराको संकेत हो। त्यसको एक संकेत हुन् इनरिके।

अहिलेको स्पेनको टिम जारी युरोकपमा चौथो धेरै युवा खेलाडी भएको टिम हो। टिममा सर्जियो बुस्क्वेट्स र जोर्डी आल्वा मात्र उपाधि विजेता खेलाडी छन्। बाँकी सबै नयाँ खेलाडी छन्। 

(स्पेनिस फुटबल राइटर शर्माले गोल डटकममा लेखेको विश्लेषणको सम्पादित अंश)

प्रकाशित: Jun 14, 2021| 12:25 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।