सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सहुलियतपूर्ण कर्जाको कार्यान्वयन दयनीय, जम्मा ३ जनाले पाए युवा स्वरोजगार कर्जा

सहुलियतपूर्ण कर्जाको कार्यान्वयन दयनीय, जम्मा ३ जनाले पाए युवा स्वरोजगार कर्जा

शैक्षिक प्रमाणपत्र धितो राखी कर्जा लिन पाइने कार्यक्रम कार्यान्वयन भएको पनि तीन वर्ष पूरा भएको छ। तीन वर्षमा जम्मा १४२ जनाले मात्र यो शीर्षकको कर्जा लगेको छन्। 
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जामा २०७८ वैशाख मसान्तसम्ममा १२८ अर्ब ४४ करोड रुपैयाँ लगानीमा रहेको छ। यसबाहेक करिब २० अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत भई लगानीको क्रममा रहेको राष्ट्र बैंकले जनाएको छ। 

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले उद्योगी तथा व्यापारीलाई राहत स्वरुप पुनर्कर्जाको व्यवस्था गरेको छ। वैशाख मसान्तसम्ममा ९५ हजार ८ सय ६ ऋणीलाई १ खर्ब ४९ अर्ब ७६ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएको पनि राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंकले ५ प्रतिशत ब्याज अनुदानमा दिने सहुलियतपूर्ण कर्जामध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जाअन्तर्गत ४३ हजार ९ सय ९७ ऋणीले १ खर्ब १० करोड कर्जा प्राप्त गरेका छन्। त्यस्तै महिला उद्यमशील कर्जा अन्तर्गत ४९ हजार ४ सय ५० महिला उद्यमीले ४६ अर्ब ४६ करोड रुपैयाँ कर्जा लगेको राष्ट्र बैंकको तथ्यांकले उल्लेख गरेको छ। 

कुन कर्जा कति जनाले पाए?

नेपाल राष्ट्र बैंकका अनुसार सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकको कार्यान्वयनको अवस्था भने निकै दयनीय छ। सरकारले सहुलियतपूर्ण कर्जा अन्तर्गत थप ८ वटा शीर्षकमा ऋण प्रवाह गर्ने व्यवस्था गरेको थियो। यीमध्ये शैक्षिक प्रमाणपत्र धितो राखी दिइने कर्जामा जम्मा १४२ जनाले मात्रै पाएका छन्। यसमा बैंकले ६ करोड ६० लाख रुपैयाँ कर्जा लगानी गरेका छन्। शैक्षिक प्रमाणपत्र धितो राखी कर्जा लिन पाइने कार्यक्रम कार्यान्वयन भएको पनि तीन वर्ष पूरा भएको छ। तीन वर्षमा जम्मा १४२ जनाले मात्र यो शीर्षकको कर्जा लगेको छन्। 

तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वर्ष २०७४/७५ मा शैक्षिक प्रमाणपत्र कर्जाको घोषणा गरेका थिए। २०७५ मंसिरमा कार्यविधि बनाएर यो व्यवस्था लागू भएको थियो। तर तीन वर्षमा जम्मा १४२ जनाले मात्र शैक्षिक प्रमाणपत्र कर्जा लिएकाले यसको कार्यान्वयन कति दयनीय छ भन्ने अनुमान गर्न जो कोहीलाई पनि गाह्रो छैन। 

त्यसैगरी विदेशबाट नेपाल फर्केका युवा कामदारको लागि दिइने कर्जा पनि ७८२ जनाले मात्रै पाएका छन्। बैंकले यसमा ५७ करोड २० लाख रुपैयाँ कर्जा लगानी गरेका छन्। 

सहुलियतपूर्ण कर्जामा भएको लगानी रकम

दलित समुदायका व्यक्तिलाई व्यापार व्यवसायको लागि दिइने कर्जा ८४९ जना पाएका छन्। यसमा ५१ करोड ९० लाख रुपैयाँ कर्जा लगानी भएको छ भने उच्च प्राविधिक शिक्षा व्यवसायिक कर्जा जम्मा ८७ जनाले पाएका छन्। उच्च/व्यावसायिक शिक्षा कर्जामा बैंकहरूको १ करोड ९० लाख रुपैयाँ कर्जा लगानी भएको छ। 

भूकम्प पीडितहरूलाई दिइने घरकर्जा २३१ जनाले पाएका छन्। यसमा ५ करोड १० लाख रुपैयाँ लगानी भएको छ। यस्तै २६३ जनाले टेक्साइल उद्योगको सञ्चालन कर्जाबापत् १ अर्ब ९६ करोड ६० लाख रुपैयाँ लिएका छन्। 

सिटिइभिटीबाट सम्बन्धन प्राप्त ट्रेनिङ इन्सिच्युटहरूको लागि दिइने कर्जा जम्मा २ वटाले पाएका छन्। यसमा जम्मा ३७ लाख रुपैयाँ कर्जा प्रवाह गरिएको छ। यस्तै, युवा स्वरोजगारका लागि दिइने कर्जामा जम्मा ३ जनाले १० लाख १८ हजार रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट कर्जा लगेका छन्। 

No description available.

सहुलियतपूर्ण कर्जा अन्तर्गत १० वटा शीर्षकमा राखिएको कार्यक्रममध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जा र महिला उद्यमशील कर्जाको कार्यान्वन मात्र सन्तोषजनक देखिएको छ। अन्य शीर्षकको कार्यक्रमको कायान्वयन भने राम्रोसँग भएको देखिँदैन। 

त्यसैगरी 'व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७' बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्‍याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जामा २०७८ वैशाख मसान्तसम्म ४८ करोड ६१ लाख रुपैयाँ कर्जा लगानी भएको राष्ट्र बैंकले जनाएको छ। 

प्रकाशित: Jun 14, 2021| 12:30 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।