सोमबार, भदौ ८, २०८३

कांग्रेस सभापति देउवा माधव नेपालको निवासमा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमालेमा असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका नेता माधवकुमार नेपाललाई भेट्न पुगेका छन्।
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमालेमा असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका नेता माधवकुमार नेपाललाई भेट्न पुगेका छन्। सोमबार साँझ देउवा नेता नेपाललाई भेट्न कोटेश्वरस्थित निवासमा गएको स्रोतले जानकारी दिएको छ। 

देउवाका साथमा कांग्रेस नेता पूर्णबहादुर खड्का पनि छन्। सर्वोच्च अदालतको पछिल्लो आदेशपछि नेकपा एमाले एक हुनुपर्ने दबाबमा परेका नेपाललाई भेट्न देउवा कोटेश्वर पुगेका हुन्।

विपक्षी गठबन्धन बनेयता सधैंजसो देउवालाई भेट्न नेताहरु उनको निवासमा पुग्ने गरेकोमा आज भने नेता नेपाललाई भेट्न देउवा उनकै निवासमा पुगेका हुन्।

प्रकाशित: Jun 14, 2021| 12:10 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।