सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कपिलवस्तुका माओवादी नेता पाण्डेको हत्यामा श्रीमती नै मुख्य योजनाकार

कपिलवस्तुका माओवादी नेता पाण्डेको हत्यामा श्रीमती नै मुख्य योजनाकार

कपिलवस्तुका माओवादी नेता दीपक पाण्डेको हत्या आफ्नै श्रीमतीको योजनामा भएको खुलेको छ। हतियार बिक्री गर्ने गिरोहसँग मिलेर उनकै श्रीमतीले पाण्डेको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको हो। 
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

बुटवल– कपिलवस्तुका माओवादी नेता दीपक पाण्डेको हत्या आफ्नै श्रीमतीको योजनामा भएको खुलेको छ। हतियार बिक्री गर्ने गिरोहसँग मिलेर उनकै श्रीमतीले पाण्डेको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको हो। 

कपिलवस्तु प्रहरीले चलाएको ‘माइक ह्विस्की’ अप्रेशनबाट हत्यामा संलग्नहरुको पहिचान भएको हो। प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारी नेतृत्वको टोलीले अनुसन्धानबाट हत्यामा संलग्नलाई पत्ता लगाएको हो। घटनामा संलग्न ओमप्रकाश यादवसँग अनैतिक सम्बन्ध रहेकी मृतक दीपककी श्रीमती महिमाकै योजनामा हत्या गरिएको अनुसन्धानमा खुलेको कपिलवस्तु प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। 

प्रहरीले मुख्य योजनाकार महिमासहित हतियार उपलब्ध गराउने गिरोहलाई समेत नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले पाण्डे हत्यामा आवश्यक पर्ने हतियार उपलब्ध गराएका र हतियार राख्न सहयोग गरेका ६ जनालाई नै नियन्त्रणमा लिएको छ।

घटनामा संलग्न कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ओम प्रकाश यादव, कपिलवस्तु नगरपालिका २ बस्ने साकिर अलि पखिया, कपिलवस्तु नगरपालिका वडा नम्बर २ घर भई वडा नम्बर ६ ससुरालीमा बस्दै आएका रमजान साह मुसलमान, कपिलवस्तु नगरपालिका १ का पूर्णवीर पाल्पालीसमेत पक्राउ परेका छन्।

प्रहरी नियन्त्रणमा आएका हतियार बेचबिखन र ओसारपसारमा संलग्न व्यक्तिहरुमा कपिलवस्तु नगरपालिका वडा नम्बर २ बरदहवाका सद्दाम हुसेन खान, सोहि वडाको बरगदवाका प्रबिण गुप्ता, यशोधरा गाउँपालिका ४ का ज्ञानेन्द्र कुमार पाण्डेय र राधेश्याम चौधरी, कपिलवस्तु नगरपालिका वडा नम्बर ५ का श्रीराम कुर्मी, वडा नम्बर १ मस्जिदटोलका नरसत अलि रहेका छन्।

जेठ ५ गते कपिलवस्तु नगरपालिका वडा नम्बर ३ गोबरीमा गोली प्रहारपछि घाइते भएका उनको उपचारका क्रममा जेठ १० गते काठमाडौंको शिक्षण अस्पतालमा मृत्यु भएको थियो। 

प्रकाशित: Jun 14, 2021| 11:56 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।