काठमाडौं– कोरोना महामारीको दोस्रो लहरसँगै ०७८ जेठ महिनामा देशभर ३ हजार ८०४ जना संक्रमितको मृत्यु भएको छ।
सोही अवधिमा १ लाख ८८ हजार ८२५ जना संक्रमित थपिए भने २ लाख ८ हजार ५३१ जना संक्रमणमुक्त भए।
स्वास्थ्य मन्त्रालयका अनुसार जेठ महिनामा सबैभन्दा बढी ५ गते २४६ जनाको मृत्यु भएको छ भने सबैभन्दा कम ३० गते ४६ जना।
महिनाको सुरुमा संक्रमित र मृत्यु हुनेको संख्या बढ्दो भएकोमा अन्तिमतिर आउँदा संक्रमणमुक्त हुने बढेका छन् र दैनिक मृत्युको संख्यासमेत घट्दो क्रममा देखिएको छ। यद्यपि, पीसीआर परीक्षणको संख्या पनि घटेको छ।
गते संक्रमित संक्रमणमुक्त मृत्यु
१ ८१६७ ५४५५ १८७
२ ७३६८ ६६४८ १४५
३ ९२४७ ५७६७ २१४
४ ८२०३ ६८९१ १९६
५ ८१७३ ७९८९ २४६
६ ८३०५ ६५४३ १९०
७ ८६०७ ७८९० १७७
८ ८९८० ८८४८ १२९
९ ७९१४ ७६६४ १९३
१० ७४२५ ७१३५ १८५
११ ८६३६ ६४०४ १६९
१२ ६७१४ ६७१६ १४५
१३ ६९३९ ७२२६ १०६
१४ ६९५१ ९८४१ ९६
१५ ४४८७ ६०८० ११६
१६ ४३६९ ६२०५ १०९
१७ ४७६२ ६४९१ ११४
१८ ६०८५ ६८९८ ६८
१९ ५३१६ ७२१९ १०१
२० ६८२५ ५९०४ ७५
२१ ६६५३ ८६६३ १०१
२२ ५०४२ ८२४३ ६८
२३ ३४७९ ६६३६ ९९
२४ ४४७२ ६९५१ ९२
२५ ५१५३ ६५७० १०८
२६ ४३४४ ५७६८ ८१
२७ ३७५० ५२२५ ६७
२८ ३७५० ५२२५ ६७
२९ ३३८४ ६२९५ ६१
३० २४०७ ३९९४ ४६
३१ २९१८ ५१४७ ५३
जम्मा १८८८२५ २०८५३१ ३८०४