काठमाडौं- पछिल्लो २४ घण्टामा झण्डै ३ हजार जनामा कोरोना संक्रमण पुष्टि हुँदा ५ हजार बढी संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार २ हजार ९१८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो अवधिमा ५ हजार १४७ जना संक्रमणमुक्त भएका छन्। यस्तै पछिलले २४ घण्टामा ५३ जना संक्रमितको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा ९ हजार ४३८ पीसीआर र ५ हजार ३८१ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ४९ जनाको पीसीआर र ८६९ जनाको एन्टीजेनमा कोरोना पुष्टि भएको हो।
हालसम्म नेपालमा ३२ लाख २४ हजार १६३ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ।