बिहीबार, असार २५, २०८३

फ्रान्सलाई हराउन जर्मनीले ‘डर्टी फुटबल’ खेल्छ : रुडिगर 

जर्मनीका डिफेन्डर एन्टोनियो रुडिगरले फ्रान्सविरुद्ध राम्रो फुटबल खेल्ने प्रयास नगर्ने बताएका छन्। फ्रान्सका फवार्डविरुद्ध जर्मनीका डिफेन्डरले थोरै ‘डर्टी फुटबल’ खेल्ने उनले बताएका छन्।
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

एजेन्सी- जर्मनीका डिफेन्डर एन्टोनियो रुडिगरले फ्रान्सविरुद्ध राम्रो फुटबल खेल्ने प्रयास नगर्ने बताएका छन्। फ्रान्सका फवार्डविरुद्ध जर्मनीका डिफेन्डरले थोरै ‘डर्टी फुटबल’ खेल्ने उनले बताएका छन्।

युरोकपमा जर्मनीले विश्व विजेता फ्रान्स, युरोकपको साविक विजेता पोर्चुगल र हंगेरीविरुद्ध खेल्नेछ। यो समूहलाई ग्रुप अफ डेथकारुपमा लिइएको छ।

फ्रान्सको आक्रमण लाइन निकै तगडा छ। केलियन एम्बाप्पे, करीम बेन्जेमा, एन्टोनी ग्रिजम्यान र रुडिगरसँगै चेल्सीमा खेल्ने ओलिभियर जिरुडले फ्रान्सको आक्रमण सम्हाल्नेछन्।

‘फ्रान्ससँग राम्रा फर्वाड छन्। हामीले खेल जित्ने चुनौती लिनुपर्छ। हामीले थोरै ‘डर्टी’ खेल्नुपर्छ,’ उनले भनेका छन्, ‘सँधै राम्रो खेल्नुपर्छ भन्ने हुँदैन। फ्रान्ससँग हामीले सुन्दर फुटबल खेल्ने कोसिस गर्नुहुँदैन, थोरै डर्टी हुनैपर्छ।’

जर्मनीविरुद्धको खेलअघिको पत्रकार सम्मेलनमा रुडिगरको टिप्पणीका बारेमा एम्बाप्पेलाई प्रश्न गरिएको थियो। तर, एमबाप्पले फ्रान्सले आफ्नै शैलीको फुटबल खेल्ने बताएका छन्। ‘हामीले आफ्नो तयारीमा ध्यान केन्द्रित गर्छौं।

उनीहरुको तागत र कमजोरीलाई राम्रोसँग विश्लेषण गर्छौं। यो प्रतियोगितामा सुखद् सुरुवात गर्ने कोसिस गर्नेछौं,’ एमबाप्पेले भनेका छन्।

प्रकाशित: Jun 14, 2021| 10:58 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।