जोसे माउरिन्होले युरोकप २०२० को उपाधि जित्न इंग्ल्यान्ड तयार देखिएको बताएका छन्। आइतबार क्रोएसियामाथि १–० को जित निकालेपछि माउरिन्होले इंग्ल्यान्ड युरोकपको उपाधि जित्न तयार देखिएको टिप्पणी गरेका हुन्।
खेलको दोस्रो हाफमा रहिम स्टर्लिङको गोलको सहयोगमा इंग्ल्यान्डले क्रोएसियालाई पराजित गरेको थियो। रोमामा प्रशिक्षक माउरिन्हो (जो इंग्लिस क्लब चेल्सी, म्यानचेस्टर युनाइटेड र टोटनहमका पूर्वप्रशिक्षक हुन्) ले इंग्ल्यान्डका खेलाडीले एउटा प्रमुख प्रतियोगिता जितेर बबी मोर्रे र ज्योफ हर्स्टको इतिहासलाई दोहोर्याउन सक्ने बताए।
‘उनीहरु उपाधि जित्न तयार देखिए,’ खेलपछि माउरिन्होले टकस्पोर्टसँग भने। उनले ह्यारी केनको टोली जिततर्फ उन्मुख रहने खेलअघि नै विश्लेषण गरेको समेत सुनाए। ‘सबै कुरा नियन्त्रणमा थियो। यसको मतलब धेरै थोक हो। इंग्ल्यान्डसँग एउटा राम्रो टिम छ,’ उनले भनेका छन्, ‘प्रतियोगिता सुरु हुनुअघि पनि म इंग्ल्यान्डप्रति सकारात्मक थिएँ। यो खेल जितेपछि टिमप्रति थप आश्वस्त भएको छु।’