बिहीबार, असार २५, २०८३

युरोकप जित्न इंग्ल्यान्ड तयार देखियो : माउरिन्हो 

जोसे माउरिन्होले युरोकप २०२० को उपाधि जित्न इंग्ल्यान्ड तयार देखिएको बताएका छन्।
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

जोसे माउरिन्होले युरोकप २०२० को उपाधि जित्न इंग्ल्यान्ड तयार देखिएको बताएका छन्। आइतबार क्रोएसियामाथि १–० को जित निकालेपछि माउरिन्होले इंग्ल्यान्ड युरोकपको उपाधि जित्न तयार देखिएको टिप्पणी गरेका हुन्। 

खेलको दोस्रो हाफमा रहिम स्टर्लिङको गोलको सहयोगमा इंग्ल्यान्डले क्रोएसियालाई पराजित गरेको थियो। रोमामा प्रशिक्षक माउरिन्हो (जो इंग्लिस क्लब चेल्सी, म्यानचेस्टर युनाइटेड र टोटनहमका पूर्वप्रशिक्षक हुन्) ले इंग्ल्यान्डका खेलाडीले एउटा प्रमुख प्रतियोगिता जितेर बबी मोर्रे र ज्योफ हर्स्टको इतिहासलाई दोहोर्याउन सक्ने बताए। 

‘उनीहरु उपाधि जित्न तयार देखिए,’ खेलपछि माउरिन्होले टकस्पोर्टसँग भने। उनले ह्यारी केनको टोली जिततर्फ उन्मुख रहने खेलअघि नै विश्लेषण गरेको समेत सुनाए। ‘सबै कुरा नियन्त्रणमा थियो। यसको मतलब धेरै थोक हो। इंग्ल्यान्डसँग एउटा राम्रो टिम छ,’ उनले भनेका छन्, ‘प्रतियोगिता सुरु हुनुअघि पनि म इंग्ल्यान्डप्रति सकारात्मक थिएँ। यो खेल जितेपछि टिमप्रति थप आश्वस्त भएको छु।’

प्रकाशित: Jun 14, 2021| 09:30 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।