बुधबार, माघ ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • अस्पतालको बेडबाट एरिक्सनले भने– सबैलाई धन्यवाद, म कदापि हार मान्दिनँ 

अस्पतालको बेडबाट एरिक्सनले भने– सबैलाई धन्यवाद, म कदापि हार मान्दिनँ 

फिनल्यान्ड विरुद्धको खेलमा कार्डियाक अरेस्टका कारण मैदानमै ढलेका क्रिस्टियन एरिक्सनले पहिलो सार्वजनिक विज्ञप्ति जारी गरेका छन्। 
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

काठमाडौं- फिनल्यान्ड विरुद्धको खेलमा कार्डियाक अरेस्टका कारण मैदानमै ढलेका क्रिस्टियन एरिक्सनले पहिलो सार्वजनिक विज्ञप्ति जारी गरेका छन्। 

National life

यूरोकप अन्तर्गत शनिबार भएको खेलको पहिलो हाफको केही समयअघि मैदानमै ढलेका उनको अहिले अस्पतालमा उपचार भइरहेको छ। उनलाई मैदानमै उपचार गरिएको थियो। सीपीआर दिएर उनलाई अस्पताल पुर्‍याइएको थियो। 

उनले अस्पतालमा आफ्नी पत्नी, बच्चा र आमा–बुवासँग भेटेका छन्। उनले आफ्ना प्रशंसकलाई धन्यवाद दिएका छन्। उनले आफ्ना एजेन्टका माध्यमबाट विज्ञप्ति जारी गर्दै हार नमान्ने बाचा गरेका छन्।

‘धन्यवाद ! म हार मान्दिनँ। म अहिले राम्रो महसुस गरिरहेको छु। म बुझ्न चाहन्छु, त्यो बेला के भएको थियो। मेरा लागि जसले जे गर्नुभयो, सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनले भनेका छन्। 

एरिक्सनका एजेन्टले भनेका छन्, ‘अब उनले आराम गर्नुपर्छ। उनको साथमा उनकी श्रीमती, र आमा–बुवा छन्। उनी निगरानीमा रहनेछन्। तर उनी बेल्जियम विरुद्धको खेलमा साथीहरुको हौसला बढाउन चाहन्छन्।’

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 14, 2021| 08:03 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।