बिहीबार, असार २५, २०८३

पेलेको रेकर्डसँग नेयमारको बराबरी

विश्व फुटबलका लिजेन्ड पेलेको रेकर्डसँग ब्राजिलका सुपरस्टार नेयमारले बराबरी गरेका छन्।
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

काठमाडौं- विश्व फुटबलका लिजेन्ड पेलेको रेकर्डसँग ब्राजिलका सुपरस्टार नेयमारले बराबरी गरेका छन्। कोपा अमेरिका अन्तर्गत भेनेज्युएलाविरुद्धको खेलमा नेयमारले पेलेको रेकर्डसँग बराबरी गरेका हुन्।

ब्राजिलको राष्ट्रिय टोलीका लागि पेलेले गरेको असिस्टको रेकर्डसँग नेयमारले बराबरी गरेका हुन्।

पेलेले आफ्नो खेल जीवनमा ब्राजिलका ४७ असिस्ट गरेका थिए, जुन ब्राजिलका लागि कुनै खेलाडीले गरेको सर्वाधिक असिस्ट हो।

नेयमारले सोमबार बिहान भएको खेलमा ४७ औं असिस्ट गर्दै पेलेको रेकर्डसँग बराबरी गरेका हुन्। पेलेले ९१ खेलमा यो रेकर्ड बनाएका थिए। उनको रेकर्ड भेटाउन नेयमारले १०६ खेल खेलेका छन्।

नेयमार ब्राजिलका लागि सर्वाधिक गोलकर्ताको सूचीमा समेत पेलेलाई पच्छाइरहेका छन्। पेलेले राष्ट्रिय टोलीका लागि ७७ गोल गरेका थिए, जुन ब्राजिलको मात्रै नभएर दक्षिण अमेरिकी टोलीका लागि एक खेलाडीले गरेको सबैभन्दा धेरै गोल हो। 

नेयमारले हालसम्म ६७ गोल गरिसकेका छन्। पेलेको उक्त रेकर्ड नेयमारले अब १० गोल गर्दा भेट्नेछन् भने ११ औं गोलमा तोड्नेछन्।

प्रकाशित: Jun 14, 2021| 06:42 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।