बिहीबार, असार २५, २०८३

जब एरिक्सन लडेपछि माउरिन्होको आँसु रोकिएन...

युरोकप २०२० अन्तर्गत फिनल्यान्डविरुद्धको खेलमा डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सन कार्डियक अरेस्टका कारण लडेपछि आफू खुब रोएको फुटबल प्रशिक्षक जोसे माउरिन्होले बताएका छन्। 
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

काठमाडौं- युरोकप २०२० अन्तर्गत फिनल्यान्डविरुद्धको खेलमा डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सन कार्डियक अरेस्टका कारण लडेपछि आफू खुब रोएको फुटबल प्रशिक्षक जोसे माउरिन्होले बताएका छन्। 

एरिक्सन लडेपछि आफ्नो आँसु नरोकिएको र उनको पुनर्जीवनका लागि प्राथना गरेको उनले बताएका हुन्। 

हाल इटालियन क्लब रोमाका प्रशिक्षक रहेका माउरिन्होको अन्डरमा एरिक्सनले टोटनहम हटस्पर्सबाट खेलेका थिए। एरिक्सन मैदानमा लड्दा माउरिन्हो टेलिभिजनमा खेल हेरिएका थिए। टोटनहमको प्रशिक्षक रहँदा एरिक्सनलाई उनले दुई महिना प्रशिक्षण गरेका थिए।  

‘मैले उनका लागि प्राथना गरेँ। धेरै रोएँ। विश्वभरका मानिसले पनि सायद यही गरेको हुनुपर्छ,’ उनले टकस्पोर्टसँग भनेका छन्, ‘फुटबलले सबै मानिसलाई एकताको सुत्रमा बाँधेको छ।’

२९ वर्षीय एरिक्सन शनिबार फिनल्यान्डविरुद्धको खेलमा मैदानमै लडेका थिए। उनलाई मैदानमै सीपीआर दिनुपरेको थियो। 

तत्काल उपचार पाएपछि उनी होसमा आएका थिए। अहिले उनको उपचार कोपेनहेगन अस्पतालमा भइरहेको छ। र, उनको अवस्था स्थिर रहेको बताइएको छ।

प्रकाशित: Jun 14, 2021| 06:13 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।