काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिम आइतबार राति पौने ९ बजे नेपाल आइपुगेको छ। जेठ ११ गते विश्वकप छनोटका यात्रामा निस्किएको नेपाली राष्ट्रिय फुटबल टिम आइतबार त्रिभुवन विमानस्थल आइपुगेको थियो।
नेपाल आइपुगेको टिमलाई अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले स्वागत गरे। विश्वकप छनोटका दौरान नेपाली टिमले चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलियासँग खेलेको थियो।
त्यस्तै विश्वकप छनोटअघि इराकको टिमसँग पनि मैत्रीपूर्ण फुटबल खेलेको थियो। विश्वकप छनोटका पछिल्लो तीन खेलमा नेपालले एक जित र दुई हार बेहोरेको छ।
नेपाल पाँच राष्ट्र सम्मिलित समूहमा रहेको नेपाल चौथौ भएको छ।