बिहीबार, असार २५, २०८३

युरो कपमा इंग्ल्यान्डका बेलिङघमले बनाए कीर्तिमान

इंग्ल्यान्डका युवा खेलाडी जुड बेलिङ्‍घमले सर्वाधिक कम उमेरमा युरो कप खेल्ने खेलाडीको कीर्तिमान बनाएका छन्।
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

काठमाडौं- इंग्ल्यान्डका युवा खेलाडी जुड बेलिङ्‍घमले सर्वाधिक कम उमेरमा युरो कप खेल्ने खेलाडीको कीर्तिमान बनाएका छन्।

शनिबार राति इंग्ल्यान्ड र क्रोएसियाबीच सम्पन्न खेलको ८२औं मिनेटमा मैदान प्रवेश गर्दै बेलिङ्‍घमले कीर्तिमान बनाएका हुन्। महादेशिय प्रतियोगितामै रेकर्ड बनाएपछि उनी सबैभन्दा कम उमेरमा युरो कप खेल्ने इंग्ल्यान्डका खेलाडी बनेका छन्।

बेलिङ्घमले नेदरल्यान्डका जेट्रो विलियम्सले ९ वर्षअघि बनाएको कीर्तिमानलाई भंग गर्दै आफ्नो रेकर्ड बनाए। सन् २०१२ को युरो कपमा १८ वर्षे विलियम्सले डेब्यू गर्दै कम उमेरमा युरो कप खेल्ने कीर्तिमान बनाएका थिए।

कप्तान ह्यारि केनको स्थानमा मैदान पसेका बेलिङ्‍घमले राष्ट्रियतर्फ पनि माइकल ओवेनको रेकर्ड तोडे।

यो सिजनको युरो कपमा उदाउन सक्ने युवा खेलाडीका रुपमा हेरिएका बेलिङघमले १७ वर्ष ३४९ दिनमा मैदान प्रवेश गरे। उनले जर्मन क्लब बोरुसिया डर्टमन्डबाट खेल्दै आएका छन्।

गएरातिको खेलमा इंग्ल्यान्डले १-० गोलअन्तरले क्रोएसियालाई हराएको थियो।

इंग्ल्यान्डको जितका लागि रहिम स्टार्लिङले गोल गरेका थिए। स्टार्लिङले पछिल्ला १७ खेलमा १३ गोल गरिसकेका छन्।

प्रकाशित: Jun 14, 2021| 02:07 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।