बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • कोपा अमेरिका उद्घाटन : संक्रमणले ग्रसित भेनेजुएलाविरुद्ध ब्राजिलको सहज जित

कोपा अमेरिका उद्घाटन : संक्रमणले ग्रसित भेनेजुएलाविरुद्ध ब्राजिलको सहज जित

एकैपटक टिमका आठ खेलाडी र चार अफिसियललाई कोभिड-१९ को संक्रमण देखा परेपछि आक्रान्त बनेको भेनेजुएलाविरुद्ध ब्राजिलले सहज जित निकालेको छ।
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

काठमाडौं– एकैपटक टिमका आठ खेलाडी र चार अफिसियललाई कोभिड-१९ को संक्रमण देखा परेपछि आक्रान्त बनेको भेनेजुएलाविरुद्ध ब्राजिलले सहज जित निकालेको छ।

सोमबार बिहानबाट ब्राजिलमा सुरु भएको कोपा अमेरिकाको उद्घाटन खेलमा घरेलु टिम ब्राजिलले भेनेजुएलाविरुद्ध ३–० गोलको सहज जित निकालेको हो।

ब्राजिलको जितका लागि माक्विन्होस, नेयमार र ग्याब्रियल बार्बोसाले गोल गरेका थिए।

पहिलो हाफको २३ औं मिनेटमै माक्विन्होसले गोल गरेपछि ब्राजिलले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोल गरेको ब्राजिलले दोस्रो हाफमा दुई गोल थप्यो।

६४ औं मिनेटमा पेनाल्टीको सदुपयोग गर्दै नेयमारले २–० अग्रता बनाए भने भेनेजुएलाविरुद्ध एक मिनेट बाँकी रहँदा बार्बोसाले गोल गरे।

यससँगै खेलको ६२ प्रतिशत समय बलमा नियन्त्रण बनाएको ब्राजिलले तीन अंक बनाएको छ। ​समूह ए मा रहेको ब्राजिल यो जितसँगै शीर्षस्थानमा छ। समूह सी मा कोलम्बिया, इक्वेडर र पेरु पनि सम्मिलित छन्।

प्रकाशित: Jun 14, 2021| 01:29 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।