बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • युरो कप : प्रतिस्पर्धात्मक खेलमा नेदरल्यान्ड्सले युक्रेनलाई हरायो

युरो कप : प्रतिस्पर्धात्मक खेलमा नेदरल्यान्ड्सले युक्रेनलाई हरायो

युरो कपको समूह चरणअन्तर्गतको खेलमा नेदरल्यान्ड्सले पहिलो जित निकालेको छ।
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

काठमाडौं– युरो कपको समूह चरणअन्तर्गतको खेलमा नेदरल्यान्ड्सले पहिलो जित निकालेको छ। समूह सी को आइतबार राति सम्पन्न खेलमा नेदरल्यान्ड्सले युक्रेनलाई ३–२ गोलले पराजित गरेको हो।

नेदरल्यान्ड्सको जितका लागि जोर्जिनियो वाइनाल्डम, वोउट वेगह्रोस्ट र डेन्जल डमफ्रिजले गोल गरेका थिए।

यता खेलको अन्तिम समयमा युक्रेनका एन्ड्रि यरमलेन्को र रोमन यारेमुकले गोल फर्काए।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि नेदरल्यान्ड्को आमस्टारडममा सम्पन्न खेलको दोस्रो हाफमा पाँच गोल पूरा भएका थिए।

खेलको ५२ औं मिनेटमा वाइनाल्डम र ५८ औं मिनेटमा वेगह्रोस्टले गोल गरेपछि डच टिमले दुई गोलको अग्रता बनायो तर खेलको ७५ औं र ७९ औं मिनेटमा युक्रेनका योर्मोलेन्को र यारेमुले लगातार दुई गोल फर्काउँदै खेललाई पुनः बराबरीमा ल्याएका थिए।

तर, अन्तिम पाँच मिनेट बाँकी रहँदा डमफ्रिजले गोल गर्दै घरेलु टिमलाई जित दिलाएका थिए। यो जितसँगै तीन अंक बनाएको नेदरल्यान्ड्स समूह सी को दोस्रो स्थानमा छ।

नेदरल्यान्ड्सले युक्रेनको पोस्टमा पाँच प्रहार गरे पनि तीनबाहेक सबै प्रहार खेर गए। युक्रेनको सात प्रहारमा दुई प्रहार सार्थक भएका थिए।

यता आइतबार रातिको अर्को खेलमा ३–० गोलको जित निकालेको अष्ट्रिय समूह सी को शीर्षस्थानमा छ। त्यस्तै, युक्रेन तेस्रो स्थानमा छ भने नर्थ म्यासेडोनिया चौथो तथा अन्तिम स्थानमा छ।

प्रकाशित: Jun 14, 2021| 00:53 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।