बिहीबार, असार २५, २०८३

युरो कप : अष्ट्रियाद्वारा नर्थ म्यासेडोनिया ३-१ ले पराजित

रोमानियाको बुकारेस्टमा आइतबार राति सम्पन्न खेलको पहिलो हाफमा दुवै टिमले १-१ गोलको अंक बाँडेका थिए। दोस्रो हाफमा अस्ट्रियाका माइकल ग्रेगोरीच र मारको अर्नाउटोभिचकाे गोल गरेपछि जित निकालेको हो। 
 |  आइतबार, जेठ ३०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३०, २०७८

काठमाडाैं- युरो कप २०२० अन्तर्गत अष्ट्रियाले पहिलो जित निकालेको छ। नर्थ म्यासेडोनियाविरुद्ध भएको खेलमा अष्ट्रियाले म्यासेडोनियालाई ३-१ ले पराजित गरेकाे हाे।

रोमानियाको बुकारेस्टमा आइतबार राति सम्पन्न खेलको पहिलो हाफमा दुवै टिमले १-१ गोलको अंक बाँडेका थिए। दोस्रो हाफमा अस्ट्रियाका माइकल ग्रेगोरीच र मारको अर्नाउटोभिचकाे गोल गरेपछि जित निकालेको हो। 

पहिलो हाफको १८औं मिनेटमा स्टेफान लेनरले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए। २८औं मिनेटमा नर्थ म्यासेडोनियका गोरान पाण्डेभले गोल गर्दै खेललाई बराबरीमा फर्काएका थिए।

७८औं मिनेटमा ग्रेगोरीचले गोल गरेपछि अष्ट्रियाले फेरि अग्रता बनाएको थियो। कप्तान डेविड अलाबाले गरेको उत्कृष्ट क्रसलाई उनले पहिलो टचमा नै गोलमा परिणत गरेका थिए। ८९औं मिनेटमा अस्ट्रियाका अर्नाउटोभिचले गोल गरेका थिए। 

प्रकाशित: Jun 13, 2021| 18:24 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।