बिहीबार, असार २५, २०८३

स्टार्लिङले दिलाए घरेलु समर्थकमाझ इंग्लायन्डलाई पहिलो जित

युरोपकपअन्तर्गत आफ्नो पहिलो खेलमा फिल फोडेनको बलियो प्रहार क्रोएसियाको पोस्टमा लागेर फर्किएपछि इंग्ल्यान्ड पहिलो हाफमा अग्रता बनाउनबाट चुकेको थियो।
 |  आइतबार, जेठ ३०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३०, २०७८

काठमाडौं- युरोपकपअन्तर्गत आफ्नो पहिलो खेलमा फिल फोडेनको बलियो प्रहार क्रोएसियाको पोस्टमा लागेर फर्किएपछि इंग्ल्यान्ड पहिलो हाफमा अग्रता बनाउनबाट चुकेको थियो।

त्यस्तै, खेलको ४२ औं मिनेटमा क्रोएसियाका डेजू क्यालेटाले रहिम स्टारलिङलाई फल गरेपछि उनले पहेँलो कार्ड बेहोरे। त्यसपछिको फ्रि किकलाई पनि इंग्ल्यान्डले सदुपयोग गर्न सकेन। 

यता बल पोसेसनमा कमजोर देखिएको पाहुना टिम क्रोएसियाले केही राम्रा मुभ बनायो तर गोल गर्न नसकेपछि गोलरहित बराबरीमा रोकियो, पहिलो हाफ।

तर दोस्रो हाफमा गोल गर्दै युरोकप २०२० अन्तर्गत इंग्ल्यान्डको वेम्बली रंगशालामा भर्खरै सम्पन्न समूह चरणको खेलमा घरलु टिमले क्रोएसियाविरुद्ध १–० गोलको जित निकालेको छ।

खेलको ४९ प्रतिसत समय बलमा नियन्त्रण बनाएको इंग्ल्यान्डले पहिलो हाफमा चार र दोस्रो हाफमा चारपटक क्रोएसियाले आक्रामक प्रहार गरेको थियो। त्यसमध्ये दुई प्रहार पोस्टको दिशातर्फ थिए भने बाँकी प्रहार पोस्टबाहिर खेर गए।

व्यक्तिगततर्फ स्टार्लिङले गरेको दोस्रो प्रहार भने गोलमा परिणत भएको थियो। ५७औं मिनेटमा केल्भिन फिलिप्सको पासलाई स्टार्लिङले गोलमा परिणत गरेका थिए।

यता पहिलो हाफमा तीन र दोस्रो हाफमा चार प्रहार गरेको क्रोएसियाले पनि दुईपटक इंग्ल्यान्डको पोस्टको दिशामै आक्रमण बुनेको थियो। दोस्रो हाफमा क्रोएसियाले बल पोसेसनमा सुधार गरे पनि गोल गर्न सकेन।

६५ औं मिनेटको आक्रमण र ७० औं मिनेटको कर्नर बलले क्रोएसियाका समर्थकमा गोलको आशा कामय रहे पनि उनीहरुले वेम्बले रंगशालामा गोल उत्सव मनाउन पाएनन्। यससँगै शुक्रबारबाट सुरु भएको युरो कपको पहिलो खेलमै क्रोएसियाले १-० गोलको हार बेहोरेको हो।

प्रकाशित: Jun 13, 2021| 15:20 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।