बुधबार, माघ ७, २०८२

इंग्ल्यान्ड र क्रोएसियाको पहिलो हाफ गोलरहित बराबरी

फिल फोडेनको बलियो प्रहार क्रोएसियाको पोस्टमा लागेर फर्किएपछि इंग्ल्यान्डले पहिलो हाफमा अग्रता बनाउनबाट चुकेको छ।
 |  आइतबार, जेठ ३०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३०, २०७८

काठमाडौं- फिल फोडेनको बलियो प्रहार क्रोएसियाको पोस्टमा लागेर फर्किएपछि इंग्ल्यान्डले पहिलो हाफमा अग्रता बनाउनबाट चुकेको छ।

National life

युरोकप २०२० अन्तर्गत इंग्ल्यान्डको वेम्बली रंगशालामा जारी समूह चरणको खेलको पहिलो हाफमा घरलु टिमले क्रोएसियासँग गोलरहित बराबरी खेलेको छ।

खेलको ५८ प्रतिशत समय बलमा नियन्त्रण बनाएको इंग्ल्यान्डले पहिलो हाफमा चारपटक क्रोएसियाको पोस्टतर्फ प्रहार गरेको थियो। त्यसमध्ये एक प्रहार पोस्टको दिशातर्फ थियो भने बाँकी प्रहार पोस्टबाहिर।

यता तीन प्रहार गरेको क्रोएसियाले पनि एक प्रहार पोस्टको दिशामा गरेका थियो। सुरुवातबाटै दबाब बनाएको इंग्ल्यान्डले फरवार्डमा ह्यारी केनसँगै अट्याकिङ मिडफिल्डर फिल फोडेन, मेसन माउन्ट र रहिम स्टार्लिङ छन्।

यी खेलाडीले फाइनल थर्डमा नियन्त्रण बनाइरहे पनि बललाई जाली चुमाउन सकेनन्। 

Laxmi sunrise bank
kumari

खेलको ४२ औं मिनेटमा क्रोएसियाका डेजू क्यालेटाले रहिम स्टारलिङलाई फल गरेपछि उनले पहेँलो कार्ड बेहोरे। त्यसपछिको फ्री किकमा पनि इंग्ल्यान्डले सदुपयोग गर्न नसकेपछि पहिलो हाफ गोलरहित बराबरीमा रोकियो। 

क्रोएसियाले पहिलो हाफको अन्तिम समयमा बल पोसेसनमा सुधार गरे पनि गोल गर्न सकेन। फिफा विश्वकप २०१८ को सेमिफाइनलमा क्रोएसियाले इंग्ल्यान्डलाई २–१ गोलले हराएको थियो।

प्रकाशित: Jun 13, 2021| 13:55 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।