बिहीबार, असार २५, २०८३

पोर्चुगिज स्टार क्यान्सेलोले युरोकप गुमाउने 

म्यानचेस्टर सिटीका स्टार जाओ क्यानसेलोले युरोकप २०२० गुमाउने भएका छन्। पोर्चुगलका फुलब्याक क्यानसेलो कोभिड संक्रमित भएपछि उनी पोर्चुगलको टिमबाट बाहिरिएका हुन्।
 |  आइतबार, जेठ ३०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३०, २०७८

काठमाडौं– म्यानचेस्टर सिटीका स्टार जाओ क्यानसेलोले युरोकप २०२० गुमाउने भएका छन्। पोर्चुगलका फुलब्याक क्यानसेलो कोभिड संक्रमित भएपछि उनी पोर्चुगलको टिमबाट बाहिरिएका हुन्।

पोर्चुगलले मंगलबार हंगेरी विरुद्ध आफ्नो पहिलो खेल खेल्दैछ। खेलअघि गरिएको परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि भएको हो। उनी टोलीबाट बाहिरिएपछि उनको ठाउँमा म्यानचेस्टर युनाइटेडका डियागो डालोट (जसले गत सिजन एसी मिलानबाट लोनमा खेलेका थिए) लाई पोर्चुगलको टिममा बोलाइएको छ। 

पोर्चुगल फुटबल फेडरेसनले विज्ञप्ती निकाल्दै कान्सेलोको ठाउँमा डालोटलाई बोलाइएको जानकारी दिएको छ। क्यान्सेलो युरोकपमा फर्नान्डो सान्टोसको टिममा नियमित स्टार्टर बन्ने तयारीमा थिए।

२७ वर्षीय कान्सेलोले म्यानचेस्टर सिटीमा प्रिमियर लिग जितेका थिए। उनले हालै पोर्चुगल ४–० ले विजयी भएको इजरायलविरुद्धको मैत्रीपूर्ण खेलमा समेत उत्कृष्ट प्रदर्शन गरेका थिए। 
 

प्रकाशित: Jun 13, 2021| 11:52 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।