काठमाडौं- भेनेजुएलाको राष्ट्रिय टिमका खेलाडी र प्रशिक्षकलाई कोभिड-१९ को संक्रमण देखिएको छ।
ब्राजिलमा आयोजित कोपा अमेरिका सुरु हुनुभन्दा एक दिनअघि भेनेजुएलाका खेलाडी र प्रशिक्षकलाई कोभिड-१९ देखिएको हो। आठजना खेलाडी र चार जना अफिसियललाई संक्रमण देखिएको बताइएको छ।
अहिले कोभिड–१९ पोजिटिभ देखिएका सबै खेलाडीलाई आइसोलेसनमा राखिएको छ।
यता भेनेजुएलाले सोमबार ९भोलि० बिहानको उद्घाटन खेलमा आयोजक ब्राजिलसँग उद्घाटन खेल खेल्दै छ। सो खेल पूर्वनिर्धारित रुपमा सुरु हुन्छ वा हुँदैन भन्ने कुरा दक्षिण अमेरिकी फुटबल कन्फेडेरेसन कोनमबोलले निर्णय गरिसकेको छैन।
भेनेजुएलाको टिम गएको शुक्रबार मात्र ब्राजिल पुगेको थियो। त्यस्तै, डिफेन्डर विल्कर एन्जेल र रोल्फ फ्लेचरलाई कोभिडको संक्रमण देखिएपछि उनीहरू टिममा थिएनन्।