बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • भेनेजुएलाका १२ जनामा कोरोना संक्रमण, के होला कोपा अमेरिकाको उद्घाटन खेल?

भेनेजुएलाका १२ जनामा कोरोना संक्रमण, के होला कोपा अमेरिकाको उद्घाटन खेल?

भेनेजुएलाको राष्ट्रिय टिमका खेलाडी र प्रशिक्षकलाई कोभिड-१९ को संक्रमण देखिएको छ।
 |  आइतबार, जेठ ३०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३०, २०७८

काठमाडौं- भेनेजुएलाको राष्ट्रिय टिमका खेलाडी र प्रशिक्षकलाई कोभिड-१९ को संक्रमण देखिएको छ।

ब्राजिलमा आयोजित कोपा अमेरिका सुरु हुनुभन्दा एक दिनअघि भेनेजुएलाका खेलाडी र प्रशिक्षकलाई कोभिड-१९ देखिएको हो। आठजना खेलाडी र चार जना अफिसियललाई संक्रमण देखिएको बताइएको छ।

अहिले कोभिड–१९ पोजिटिभ देखिएका सबै खेलाडीलाई आइसोलेसनमा राखिएको छ।

यता भेनेजुएलाले सोमबार ९भोलि० बिहानको उद्घाटन खेलमा आयोजक ब्राजिलसँग उद्घाटन खेल खेल्दै छ। सो खेल पूर्वनिर्धारित रुपमा सुरु हुन्छ वा हुँदैन भन्ने कुरा दक्षिण अमेरिकी फुटबल कन्फेडेरेसन कोनमबोलले निर्णय गरिसकेको छैन।

भेनेजुएलाको टिम गएको शुक्रबार मात्र ब्राजिल पुगेको थियो। त्यस्तै, डिफेन्डर विल्कर एन्जेल र रोल्फ फ्लेचरलाई कोभिडको संक्रमण देखिएपछि उनीहरू टिममा थिएनन्।

प्रकाशित: Jun 13, 2021| 06:15 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।