बुधबार, माघ ७, २०८२

कीर्तिमान बराबरी गर्न अघि बढ्दै जोकोविच

सर्बियन टेनिस स्टार नोभाक जोकोविच जारी फ्रेन्च ओपनको प्रमुख दावेदार हुन्।
 |  आइतबार, जेठ ३०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३०, २०७८

काठमाडौं- सर्बियन टेनिस स्टार नोभाक जोकोविच जारी फ्रेन्च ओपनको प्रमुख दावेदार हुन्। उनले रोनाल्ड ग्यारोटमा लगातार जित निकालिरहेका राफेल नाडाललाई सेमिफाइनलमा परास्त गरेपछि उनी प्रतियोगितामा मुख्य दावेदार बने।

National life

अब उनले फ्रेन्च ओपनको फाइनलमा आज ग्रिकका स्टेफानोस सिसिपाससँग खेल्दैछन्। पाँचौ वरियताका सिसिपासले सेमिफाइन खेलमा जित निकालेपछि पहिलोपटक फाइनल खेलिरहेका छन्। फाइनल खेल आइतबार साँझ पौने ७ बजेबाट सुरु हुनेछ।

‘मसँग फाइनलको तयारीका लागि एक दिन र आधा छ,’ सिसिपालसले सेमिफाइनल जितेपछि भनेका थिए, ‘यो समयमा मैले आफूलाई राम्रो फर्ममा ल्याउनु पर्नेछ।’

२२ वर्षे सिसिपास टेनिसको मूख्य फाइनल खेल्ने पहिलो ग्रिक खेलाडी हुन्। ‘यो मेरो लागि अवसर हो, त्यसका लागि तयार हुनु पर्छन,’ उनले भने। तर, उनले जोकोविचसँग पछिल्ला सात खेलमा पाँच हार बेहोरिसकेका छन्।

यता १८ पटकका ग्राण्डस्लम विजेता जोकोविच यो उपाधि जित्दै कीर्तिमान बराबरी गर्न नजिक पुग्ने दाउमा छन्। किनेकी उनले सेमिफाइनलमा पराजित गरेका राफेल नाडाललको नाममा २० ग्राण्डस्लम कीर्तिमानी उपाधि छ।

Laxmi sunrise bank
kumari

त्यस्तै, नाडालले रोजर फेडेररसँग २० उपाधिको कीर्तिमान बराबरी गरेका हुन्। यदी जोकोभिचले यो उपाधि जित्न सकेमा उनी कीर्तिमानसँग बराबर गर्न मात्र एक उपाधि टाढा हुनेछन्।

यता सिसिपासले नोभाकलाई हराउँदै उपाधि जित्नेमा विश्वस्त रहेको बताएका छन्। यता सर्बियन स्टार जोकोभिचले २०१६ यता फ्रेन्च ओपन जितेका छैनन्। यदी आजको फाइनल जोकोभिचले जित्न सके उनी सबै महत्त्वपूर्ण प्रतियोगिता दुईपटक जित्ने खेलाडी बन्नेछन्।

प्रकाशित: Jun 13, 2021| 05:26 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।