काठमाडौं- विश्व वरीयताको ३३ औं नम्बरकी चेक टेनिस खेलाडी बार्बोरा कृटिकोभाले सिंगलतर्फ पहिलोपटक ग्राण्डस्लमको उपाधि जितेकी छन्। उनले शनिबार राति पेरिसमा सम्पन्न फ्रेन्च ओपनको उपाधि जितेकी हुन्।
कृटिकोभाले फाइनल खेलमा रसियाकी अनास्तासिया पभ्ल्युचिन्कोवाकलाई २-१ को सेटमा हराउँदै उपाधि जितेकी हुन्।
पहिलो सेटमा ६–१ को सानदार जित निकालेकी कृटिकोभाले दोस्रो सेट २-६ ले गुमाएकी थिइन्। तर, तेस्रो सेटमा ६-४ को पुनरागमन जित निकालिन्।
उनले पछिल्लो प्रतियोगितामा जित निकालेपछि वरीयतामा पाँच स्थान सुधार गरेकी छन्। सिंगल्सतर्फ यसअघि उनी ३८ औं स्थानमा थिइन्।
यता डबलतर्फ भने उनी पूर्व विश्व नम्बर वान खेलाडी हुन्। उनले आफ्नो उपाधि मेन्टर जाना नोवोत्नालाई डेटिकेट गरेकी छन्। जसको २०१७ मा ४९ वर्षको उमेरमा निधन भएको थियो।
‘यो उपाधिमा उहाँको पनि हक छ,’ उपाधि जितेपछि कृटिकोभाले भनिन्, ‘उनले धेरै अघिदेखि मेरो रेखदेख गरेकी छन्।’
कृटिकोभा १८ वर्षकी हुँदा उनका आमाबाबुले पूर्व विम्बल्डन च्याम्पियन नोभोत्नाकोमा लिएर गएका थिए। नोभोत्नाले कृटिकोभामा केही विशेष गुण देखेपछि उनले प्रशिक्षक र मेन्टर बन्न स्वीकार गरेकी थिइन्।
त्यस्तै जारी फ्रेन्च ओपनमो डबल्सतर्फ पनि उनी फाइनलमा पुगेकी छन्। फाइनलमा उनी क्याटरिना सिनिकोवासँग आज फाइनल पुगेकी हुन्। फाइनल खेल आज दिउँसो हुँदैछ।
सन् १९८१ पछि ग्राण्डस्लमको दुवैतर्फ फाइनल पुग्ने पहिलो चेक खेलाडी बनिन् कृटिकोभा। उनले यसअघि डबलतर्फ दुई उपाधि जितेकी छन्। त्यस्तै डबल्स मिक्समा तीन उपाधि जितेकी थिइन्।
सम्पन्न फ्रेन्च ओपनमा महिलातर्फ विश्व वरीयतामा शीर्ष १० स्थानका खेलाडी क्वार्टरफाइनलसम्म पनि पुगेका थिएनन्।
जापानी स्टार नाओमी ओशाकाले आफ्नो नाम फिर्ता लिएकी थिइन् भने अमेरिकी स्टार सेरेना विलियम अन्तिम प्री–क्वार्टरफाइनलमा पराजित भएकी थिइन्।
कोभिड-१९ को महामारीका कारण धेरै खेलाडीले प्रयोतियोगिताबाट नाम फिर्ता लिएका थिए।