बुधबार, माघ ७, २०८२

युरो कपमा कुन–कुन टिम भिड्दैछन? कहाँ हुँदैछ प्रतियोगिता?

युरोपेली देशहरूको सबैभन्दा ठूलो एवं प्रतिष्ठित फुटबल प्रतियोगिता युरो कपमा आइतबार तीन खेल हुँदैछन्।
 |  आइतबार, जेठ ३०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३०, २०७८

काठमाडौं- युरोपेली देशहरूको सबैभन्दा ठूलो एवं प्रतिष्ठित फुटबल प्रतियोगिता युरो कपमा आइतबार तीन खेल हुँदैछन्।

National life

तीनै खेल युरोपको प्रतिष्ठित सहर लन्डन, बुखारेस्ट र आमस्टारडममा हुँदैछन्। आजको पहिलो खेल इंग्ल्यान्ड लन्डनस्थित वेम्बले रंगशालामा हुँदैछ। त्यहाँ इंग्ल्यान्डको टिमले पाहुना टिम क्रोएसियाको सामना गर्नेछ।

पछिल्लो विश्वकपको फाइनलमा पुगेको टिम क्रोएसिया र सेमिफाइनल पुगेको टिम हो इंग्ल्यान्ड। त्यसैले यो खेललाई समूह चरणको महत्वपूर्ण खेलको रुपमा लिइएको छ।

रसिया विश्वकप २०१८ मा इंग्ल्यान्ड क्रोएसियासँग २–१ गोलले पराजित भएको थियो।

त्यसैले आजको खेलमा त्यो हारको बदला लिने अवसरका रुपमा इंग्ल्यान्डलाई प्राप्त भएको छ भने क्रोएसिया लगातार जित निकाल्ने दाउमा हुनेछ।

Laxmi sunrise bank
kumari

त्यस्तै आजको दोस्रो खेलमा अष्ट्रियाले नर्थ म्याकडोनियाको सामना गर्नेछ। राति पैने १० बजे सुरु हुने यो खेल रोमानियाको राजधानी बुखारेस्टमा हुनेछ। रोमानिया आयोजकमध्येको एक राष्ट्र भए पनि ऊ जारी युरोकपमा सहभागी छैन।

आजको अन्तिम तथा तेस्रो खेलमा नेदरल्यान्डाको आमस्टारडम एरिनामा राति पौने १ बजे सुरु हुनेछ। आमस्टारडममा हुने खेलमा घरेलु टिम नेदरल्यान्डले युक्रेनको सामना गर्नेछ।

युरो कपको समूह सीमा रहेका चार टिमका दुई खेल हुँदैछन्। समूह सीमा अष्ट्रिया, नेदरल्यान्ड, नर्थ म्याकडोनिया र युक्रेन छन्। इंग्ल्यान्ड र क्रोएसिया भने समूह डीमा छन्।

प्रकाशित: Jun 13, 2021| 01:57 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।