बुधबार, माघ ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एरिक्सन घाइते भएपछि दुखी बनेको डेनमार्क फिनल्याण्डसँग पराजित

एरिक्सन घाइते भएपछि दुखी बनेको डेनमार्क फिनल्याण्डसँग पराजित

खेलको ७० प्रतिशत समय बलमा पकड बनाए पनि डेनमार्कले घरेलु समर्थकमाझ जित निकाल्न सकेन।
 |  शनिबार, जेठ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २९, २०७८

काठमाडौं – मिडफिल्डर क्रिस्टियन एरिक्सन घाइते भएर स्थगित भएको खेल केही समयपछि सञ्चालन भएको खेलमा घरेलु टिम डेनमार्कले हार बेहाेरेकाे छ। गोलरहित बराबरी भएको अवस्थामा (४२ औं मिनेटमा ) एरिक्सन मैदानमा असन्तुलित भएर लडेपछि खेल रोकिएको थियो।

National life

 ४२ औं मिनेटपछि पहिलो हाफ पाँच मिनेट खेलेर पाँच मिनेटको ब्रेक दिइएको खेलको दोस्रो हाफमा फिनल्यान्डले गोल गर्दै ०–१ गोलको जित निकालेको हो। फिनल्यान्डको जितका लागि खेलको ६० औं मिनेटमा जोयल पोजान्पेलोले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए।

कोपनहेगनको पार्केन रंगशालामा जित निकालेसँगै फिनल्यान्डले तीन अंक बनाएको छ। समूह 'बी'को पहिलो खेलमा फिनल्यान्डले जित निकालेको हो। यता खेलको ७४ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्न नसकेपछि डेनमार्कले बराबरी गर्ने अवसर गुमायो। मिडफिल्डर पियर इमिली हर्बियाले पेनाल्टीको अवसरलाई गोलमा बदल्न सकेनन्।

खेलको ७० प्रतिशत समय बलमा पकड बनाए पनि डेनमार्कले घरेलु समर्थकमाझ जित निकाल्न सकेन। यता बल पोसेसनमा कमजोर देखिएको फिनल्यान्डले जित निकाल्यो। खेल अवधिभर डेनमार्कले २० पटक 'पोस्ट अटेम्प्ट' गरे पनि कुनै प्रयास गोलमा परिणत बन्न सकेनन्। यता फिनल्यान्डको एकमात्र पोस्ट अटेम्प्ट गोलमा परिणत भयो।

समूह बीको अर्को खेलमा अहिले रसियाको सेन्ट पिटरबर्गमा बेल्जियम र रसिया खेल्दैछन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 12, 2021| 19:36 शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।