बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • क्रिस्टियन एरिक्सन मैदानमै लडेपछि डेनमार्क र फिनल्यान्डको खेल रोकियो

क्रिस्टियन एरिक्सन मैदानमै लडेपछि डेनमार्क र फिनल्यान्डको खेल रोकियो

खेलको ४२ औं मिनेटमा मैदानको टचलाइन छेउमा एक्लै हिँडिरहेका थिए क्रिस्टियन एरिक्सन। उनी आफूमा सन्तुलन गुमाउँदै त्यही बेहोस भए।
 |  शनिबार, जेठ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २९, २०७८

काठमाडौं– खेलको ४२ औं मिनेटमा मैदानको टचलाइन छेउमा एक्लै हिँडिरहेका थिए क्रिस्टियन एरिक्सन। उनी आफूमा सन्तुलन गुमाउँदै त्यही बेहोस भए। त्यसपछि उनका टिममेटले उनलाई घेरिहाले। साथै उनीहरुले मेडिकल टिम बोलाउन आग्रह गरेपछि तुरुन्त मेडिकले मैदान प्रवेश गर्यो।

यससँगै युरोकपको तेस्रो खेल सुखद् बनेन। डेनमार्कको कोपनहेगनस्थित रंगशालामा प्रतिस्पर्धा गर्दै थिए घरेलु टिम डेनमार्क र पाहुना टिम फिनल्यान्ड।

युरो कप २०२० को प्रतिस्पर्धामा दुवै टिमका लागि संघर्षपूर्ण खेल चलिरहेकै थियो। तर ४२ औं मिनेटपछिको घटनाले सबैलाई स्तब्ध बनायो। त्यसपछि धेरै खेलाडी र प्यारापिटमा उपस्थित खेलाडीले आँशु थाम्न सकेनन्। समर्थकहरु आपसमा अंगालो मारेर रोइरहेका देखिन्थे।

यससँगै प्रतियोगिताको यो खेल पनि रोकिएको छ। खेलाडीको घेराले छेलिएका एरिक्सनलाई मेडिकल टिमले साइडलाइन छेउमै चेस्ट कम्प्रेसन दिएको देखिएको छ।

प्रकाशित: Jun 12, 2021| 17:22 शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।