बिहीबार, असार २५, २०८३

युरो कप : पहिलो हाफमा वेल्स र स्विट्जरल्यान्डको बराबरी

खेलको ७२ प्रतिशत समय बलमा पकड बनाउँदै वेल्सलाई दबाबमा राख्न सफल भए पनि स्विट्जरल्यानडले गोल भने गर्न सकेन। यता वेल्सले स्विट्जरल्यान्डको पोस्टतर्फ दुई प्रहार गरेको भएपनि गोलमा परिणत गर्न सकेन।
 |  शनिबार, जेठ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २९, २०७८

काठमाडौं-  युरोपको महादेशीय फुटबल प्रतियोगिता युरो कप अन्तर्गत जारी खेलमा वेल्स र स्विट्जरल्यान्ड प्रतिस्पर्धा गरिरहेका छन्। वेल्स र स्विजरल्यान्डको खेल अजरबैजानको बाकूमा भइरहेको छ। पहिलो हाफको खेल सकिँदासम्म दुवै टिमले गोल गर्न सकेका छैनन्।

खेलको ७२ प्रतिशत समय बलमा पकड बनाउँदै वेल्सलाई दबाबमा राख्न सफल भए पनि स्विट्जरल्यानडले गोल भने गर्न सकेन। यता वेल्सले स्विट्जरल्यान्डको पोस्टतर्फ दुई प्रहार गरेको भएपनि गोलमा परिणत गर्न सकेन।

पहिलो हाफमा स्विट्जरल्यान्डले ११ प्रहार गरेको थियो। ती सबै प्रहार सार्थक हुन सकेनन्। 

युरो कपकै राति पौने १० बजेटबाट सुरु हुने अर्को खेलमा डेनमार्कले फिनल्यान्डको सामना गर्दैछ। यी दुई टिमले डेनमार्कको कोपनहेगनस्थित पार्केन रंगशालामा खेल्नेछन्। 

राति पौने १ बजेबाट सुरु हुने आजको तेस्रो तथा अन्तिम खेलमा बेल्जियमले रसियाको सामना गर्दैछ। यो खेलमा रसियाले घरेलु मैदान सेन्ट पिटर्सबर्ग रंगशालामा बेल्जियमसँग प्रतिस्पर्धा गर्दैछ। 

प्रकाशित: Jun 12, 2021| 14:12 शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।