काडमाडौं– युरोपेली देशहरूको फुटबल प्रतियोगिता युरो कपको उद्घाटन खेलमा इटलीले टर्कीलाई ३–० गोल अन्तरले पराजित गरेको छ। शुक्रबार इटालीको रोम सहरमा भएको खेलमा इटलीले टर्कीलाई दबाबमा राख्दै खेल जितेको हो।
खेलको पहिलो हाफसम्म कुनै टिमले गोल गर्न नसके पनि दोस्रो हाफ भने टर्कीका लागि अति मुस्किलपूर्ण रह्यो। इटालीको जितका लागि फुटलर सिरो इम्मोबिले र लोरेन्जो इन्सिग्नेले १\१ गोलको योगदान गरेका थिए।
खेलको पहिलो गोल भने टर्कीका डिफेन्डर मेरी डेमिरलको आत्मघाती गोल थियो।
जितसँगै समूह ‘ए’मा इटालीले दोस्रो खेल स्वीटजरल्यान्डसँग खेल्नेछ भने टर्कीले बुधबार वेल्ससँग खेल्ने छ।