बुधबार, माघ ७, २०८२

युरो कपमा चम्कन सक्छन् यी १० युवा खेलाडी 

इटालीले घरेलु मैदानमा टर्कीसँग खेलेसँगै नेपाली समयअनुसार राती पौने १ बजेबाट प्रतियोगिता सुरु हुने तय भएको छ। युरो कपले धेरै युवा खेलाडी स्टार बन्ने संकेत देखिएको छ।
 |  शुक्रबार, जेठ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २८, २०७८

काठमाडौं- शुक्रबारबाट इटालीको रोम सहरमा युरो कप सुरु हुँदैछ। युरोपको विभिन्न ११ सहरमा अयोजित प्रतियोगितामा २४ राष्ट्र सहभागी बनेका छन्।

National life

इटालीले घरेलु मैदानमा टर्कीसँग खेलेसँगै नेपाली समयअनुसार राती पौने १ बजेबाट प्रतियोगिता सुरु हुने तय भएको छ। युरो कपले धेरै युवा खेलाडी स्टार बन्ने संकेत देखिएको छ।

यो सामग्रीमा युरो कप २०२० मा चम्किन सक्ने १० खेलाडीबारे छोटो चर्चा गर्न खोजिएको छ। 

एडम ह्लोजेक (चेक रिपब्लिक, स्पार्टा प्राग)
जन्म : २५–७–२००२
अन्तर्राष्ट्रिय क्याप : ३ गोल : शून्य
१८ वर्षीय ह्लोजेकले घरेलु लिगमा स्पार्टा प्रागबाट १९ खेलमा १५ गोल गरिसकेका छन्। 

Adam Hlozek - Player profile 20/21 | Transfermarkt

Laxmi sunrise bank
kumari

उनी चेक शीर्ष डिभिजन फुटबल लिगको शीर्ष गोलकर्ता पनि हुन्। उनी राष्ट्रिय टिमका केन्द्रीय खेलाडी हुने पक्का छ।

माइकोला सपारिन्को (युक्रेन, डायनामो किव)
जन्म : ४–१०–१९९८
अन्तर्राष्ट्रिय क्याप : १२ गोल : शून्य
युक्रेनका युवा खेलाडी सपारिन्कोले घरेलु लिगमा क्लबलाई उपाधि दिलाउन सहयोग गरेका छन्। लिगमा ४ गोल र ४ एसिस्ट गरेका उनको खेल 'टिपिकल' युक्रेनियनको खेलजस्तो भने देखिँदैन। 

Mykola Shaparenko - Player profile 20/21 | Transfermarkt

डायनामो किवका निर्देशक रोमन क्याटाला भन्छन्, ‘उनी टाइपिकल युक्रेनियन खेलाडी होइनन्। उनको खेल्ने शैली ल्याटिनीजस्तै छ। उनको आफ्नै परिकल्पना छ र त्यसलाई सार्थकता दिन तयार हुन्छन्। उनी कडा मेहनत गर्छन्।’

जुड बेलिंघम (इंल्यान्ड, ब्रोसिया डर्टमन्ड)
जन्म : २९–६–२००३
अन्तर्राष्ट्रिय क्याप : ४ गोल : शून्य
१७ वर्षीय बेलिंघमले जर्मन क्लब डर्टमन्डमा देखाइसकेका छन्। बर्मिङघम सिटीबाट २५ मिलियन पाउन्डमा डर्टमन्ड गएर उनले कला र खेलको भोक देखाइसकेका छन्। 

Jude Bellingham is a 'machine' at 17 like Wayne Rooney, is already Borussia  Dortmund's best midfielder and could star for England at Euro 2020

बेलिंघमले क्लबबाट चार गोल र चार एसिस्ट गरेका छन्। उनी बक्स टू बक्स मिडफिल्डर हुन्। उनको नेतृत्व पनि आकर्षक छ।

जाकोमा रास्पाडोरी (इटाली, ससुअलो)
जन्म : १८–२–२०००
अन्तर्राष्ट्रिय क्याप : १, गोल : ०
सिरी ए टिम ससुअलोको फरवार्ड रास्पाडोरीले पछिल्लो सिजनमा पनि पाँच गोल र दुई पास उपलब्ध गराएका थिए। उनले ती सबै उपलब्धि अन्तिम ९ खेलबाट निकालेका हुन्। रास्पाडोरीका असामान्य गुणस्तरले भरिएका खेलाडी हुन्। 

Giacomo Raspadori double stuns AC Milan as Sassuolo deal hammer blow to  Rossoneri title bid - Eurosport

रास्पाडोरी इटालीका अन्य खेलाडी आन्द्रे बेलोट्टी र सिरो इमोबाइलभन्दा फरक तरिकाले खेल्ने गरेको इटालीका प्रशिक्षक रोबर्टो मान्सिनी बताउाँछन्।

रायन ग्राभेन्बर्च (नेदरल्यान्ड, आयाक्स)
जन्म : १६–५–२००२
अन्तर्राष्ट्रिय  क्याप : ५, गोल : १
डच टिम आयाक्समा ६१ खेल खेलिसकेका ग्रान्भेन्बर्च १९ वर्षमै घरेलु लिगमा सफल खेलाडी मानिन्छन्। उनले अन्तर्राष्ट्रिय खेलमा पनि यो वर्ष आफूलाई प्रमाणित गर्न सक्ने विश्वास गरिएको छ।

Ajax starlet Ryan Gravenberch urged by his father to snub Chelsea move

पछिल्लो घरेलु लिगमा ५ गोल र ५ एसिस्ट गरेका रायन युरोपका ठूला क्लबको नजरमा परिरहेका छन्। ‘म सर्पजस्तै छु। लामो, साँघुरो, शान्त र पाउल पोग्बाबाट धेरै सिक्न चाहन्छु,’ उनले दुई वर्षअघि भनेका थिए।

कासा कलाडिच (अष्ट्रिया, सुटरगार्ट)
जन्म : ७–७–१९९७
अन्तर्राष्ट्रिय क्याप : ७, गोल ३
२३ वर्षीय कलाडिच युरो कपमा अष्ट्रियाबाट खेल्दैछन्। उनको उचाई दुई मिटर छ। जिनेदिन जिदाने र जलाटन इब्राहिमोबीचजस्तै खुट्टा चलाउन माहिर मानिन्छन्, कलाडिच।

Stuttgart striker Kalajdzic tipped for move to European giant - AS.com

चोटका बाबजुद उनले पछिल्लो सिजनको ३३ खेलबाट बुन्डेसलिगामा १६ गोल र ६ एसिस्ट गरेका थिए।

जेरेडी डोकू (बेल्जियम, रेन्निस)
जन्म : २७–५–२००२
अन्तर्राष्ट्रिय  क्याप : ८, गोल २
बेल्जियम अट्याकमा निकै राम्रो मानिने टिम हो, त्यसैले डोकूलाई बेञ्चमा सीमित बस्नुपर्ने त होइन भन्ने डर पनि छ। तर खेलमा अवसर पाएको खण्डमा खेलमा परिवर्तन ल्याउने सक्ने क्षमता उनमा भएको बताइन्छ। 

Jeremy Doku | Stade Rennais | Skills, Goals & Highlights | 2021 HD - YouTube

रेन्निसले पछिल्लो समरमा एन्डरलेच्टबाट २६ मिलिनय युरोमा उनलाई अनुबन्ध गरेको थियो। उनले दुई गोल र तीन एसिस्ट गरेका छन्। ड्रिबलको सन्दर्भमा लिगमा उनी ब्राजिलका नेयमार पछि छन्। उनले आइसल्यान्डविरुद्ध डेब्यू गोल गरेका थिए।

नुनो मेन्डेस (पोर्चुगल, स्पोर्टिङ सीपी)
जन्म : १९–६–२००२
क्याप : ५, गोल : शून्य
कहिलेकाहीँ सेन्टर ब्याकबाट खेल्ने मेन्डेस भिन्नभिन्न पोजिसनबाट खेल्न सक्ने खेलाडी हुन्। अहिले उनलाई आफ्नो क्लबमा भित्र्याउन धेरै क्लबले चाहिरहेका छन्। 

Nuno Mendes - Player profile 20/21 | Transfermarkt

१८ वर्षीय खेलाडीका लागि म्यानचेस्टर सिटी र रियल मड्रिड पनि क्लबमा भित्र्याउन इच्छुक देखिएका छन्। उनको रिलिज क्लज ७० मिलियन युरो छ। उनी अन्तर्राष्ट्रिय मिडियामा चर्चामा आउन थालेको धेरै भएको छैन।

जमल मुसियाला (जर्मनी, बायर्न)
जन्म : २६–२–२००३
अन्तर्राष्ट्रिय क्याप : ३, गोल : शून्य
बायर्न म्युनिखबाट एक हजार ४५८ मिनेट खेलेका उनले ७ गोलका साथै १ एसिस्ट गरेका छन्। उनी जर्मनीमा जन्मिएर इंग्ल्यान्ड गएका थिए। मुसियालाले इंग्ल्यान्डको राष्ट्रिय टिमबाटै यू–१५ को खेल खेलेका थिए। उनलाई स्वदेश फर्काउन जर्मनीले 'फाइट' नै गर्नु परेको थियो। 

England, Germany to battle for Jamal Musiala? - Sports Mole

‘मसँग त्यस्तो मुटु छ, जो जर्मनीको लागि धड्किन्छ। र, अर्को त्यस्तो मुटु पनि छ जुन इंग्ल्यान्डको लागि पनि धड्किन्छ। कताबाट खेल्ने भन्ने सरल निर्णय थिएन। तर मैले सही गरेको छु,’ उनले जर्मनी फर्किएपछि भनेका थिए।

पेड्री (स्पेन, बार्सिलोना)
जन्म : २५–११–२००२
अन्तर्राष्ट्रिय क्याप : ४, गोल : शून्य
ला लिगा क्लब बार्सिलोनाको चर्चित नाम हो पेड्री। उनी पछिल्लो सिजनबाट निकै चर्चामा आएका छन्। 

Barcelona midfielder Pedri handed first Spain call-up - Barca Blaugranes

१८ वर्षीय उनी सिनियर खेलाडी जत्तिकै खेलिरहेको बताइन्छ। उनी ब्यालेन्समा खेल्ने खलाडी हुन्।

थप:
कस्पेर कोजोओस्की (पोल्यान्ड, पोगोन)

जन्म : १६–१०–२००३
अन्तर्राष्ट्रिय क्याप : ३, गोल : ०
कोजोओस्की युरो २०२० को सबैभन्दा युवा खेलाडी हुन्। उनलाई पनि चम्कन सक्ने युवा खेलाडीको सूचीबाट छुटाउन मिल्दैन। म्यानचेस्टर युनाइटेडले यसअघिदेखि नै उनलाई आँखा लगाइरहेको छ।

Kacper Kozłowski, talent z Pogoni Szczecin, obserwowany przez Manchester  United | Eurosport w TVN24

पछिल्लो समय दुर्घटनामा परेपछि उनले आधा वर्ष मैदानबाहिर बिताएर पुनरागमन गरेका हुन्। उनी डिफेन्सिभ मिडफिल्डका साथै अट्याकिङमा पनि राम्रो खेल्छन्। उनी वान टू वान अवस्थामा खेल्न मन पराउँछन्। कोजोओस्कीले पछिल्लो सिजनको घरेलु लिगमा २० खेल खेलेका छन्।

प्रकाशित: Jun 11, 2021| 17:27 शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।