बिहीबार, असार २५, २०८३

पहिलो हाफमा रोहित चन्दले पाए रेड कार्ड, नेपाल दुई गोलले पछि

कुवेतको जबेर अल अहमद रंगशालामा पहिलो मिनेटबाटै दबाब बनाएको अष्ट्रेलियाले पहिलो हाफमा ० –२ गोलको अग्रता बनाएको छ।
 |  शुक्रबार, जेठ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २८, २०७८

काठमाडौं– कुवेतको जबेर अल अहमद रंगशालामा पहिलो मिनेटबाटै दबाब बनाएको अष्ट्रेलियाले पहिलो हाफमा ० –२ गोलको अग्रता बनाएको छ।

फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोट अन्तगर्त कुवेतमा जारी दोस्रो लेगको खेलमा नेपालविरुद्ध अष्टरेलियाले ० –२ गोलको अग्रता बनाएको हो।

राति पौने १० बजे सुरु भएको खेलको छैटौं मिनेटमा म्याथी लेखीले गोल गर्दै अष्ट्रेलियाले अग्रता बनाएको थियो। त्यस्तै, खेलको ३८ औं मिनेटमा फ्रान कारासिचले दुई गोलको अग्रता बनाएको थियो।

कारनेचले अष्टरेलियन टिमबाट डेब्यू गोल गरेका हुन्। यता नेपालका रोहित चन्दले रेकड कार्ड पाएका छन्। उनी नेपाली टिमका लागि सबैभन्दा सिनियर र उत्कृष्ट सेन्ट्रल डिफेन्डर हुन्। यससँगै नेपाल १० खेलाडीमा सीमित भएको छ।

खेलको अधिकतम समय नेपाललाई खतरा हुने क्षेत्रमा अष्ट्रेलियाले बल खेलेको थियो। यसक्रममा उसले लगातार प्रहार गरेको थियो।

नेपालमा हुनुपर्ने दोस्रो लेगको कोभिड १९ को महामारीका कारण एसियाली फुटबल महासंघ एएफसीले कुवेतमा गर्ने निर्णय गरेको थियो।

यससँगै छनोट अन्तर्गत दोस्रो चरणको समूह बीका सबै खेल कुवेतमा सञ्चालन भइरहेका छन्। आज नेपालले छनोटको अन्तिम९आठौं० खेल खेल्दैछ भने अष्ट्रेलियाले सातौं खेल खेल्दैछ। नेपाल विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने सम्भावना बाट बाहिरिसकेको छ।

तर आजको खेलमा अष्ट्रेलियाले जित निकाल्न सके ऊ एक खेल अगावै अर्को चरणमा पुग्नेछ।

प्रकाशित: Jun 11, 2021| 16:51 शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।