काठमाडौं– कुवेतको जबेर अल अहमद रंगशालामा नेपाली टिमविरुद्ध पाहुना टिम अष्ट्रेलियाको अग्रता बनाएको छ। फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोट अन्तगर्त दोस्रो लेगको नेपालविरुद्ध अष्टरेलियाले सुरुआति अग्रता बनाएको हो।
भर्खरै सुरु भएको खेलको छैटौं मिनेटमा अष्ट्रेलियाका म्याथी लेखीको गोलमा अग्रता बनाएका हुन्। नेपालमा हुनुपर्ने दोस्रो लेगको कोभिड १९ को महामारीका कारण एसियाली फुटबल महासंघ एएफसीले कुवेतमा गर्ने निर्णय गरेको थियो।
यससँगै छनोट अन्तर्गत दोस्रो चरणको समूह बीका सबै खेल कुवेतमा सञ्चालन भइरहेका छन्।
आज नेपालले छनोटको अन्तिम आठौं खेल खेल्दैछ भने अष्ट्रेलियाले सातौं खेल खेल्दैछ। नेपाल विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने सम्भावना बाट बाहिरिसकेको छ।
तर आजको खेलमा अष्ट्रेलियाले जित निकाल्न सके ऊ एक खेल अगावै अर्को चरणमा पुग्नेछ