बिहीबार, असार २५, २०८३

अस्ट्रेलियाविरुद्ध यस्तो छ नेपालको प्लेइङ सेट

‘नेपाली टिमले कडा मिहिनेत गरिरहेको छ र उसको खेल्ने शैली पनि परिवर्तन भएको छ। मैदानमा खेलाडीको रनिङ राम्रो छ,’ उनले भने, ‘नेपाल फुटबलमा विकासशील टिम हो। हामी पनि राम्रो प्रदर्शन गर्ने लक्ष्यमा हुनेछौं,’ प्रशिक्षक अल्मुताइरीले भनेका छन्। 
 |  शुक्रबार, जेठ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २८, २०७८

काठमाडौं- फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को अन्तिम संयुक्त छनोट खेलमा नेपालले अस्ट्रेलियाको सामना गर्दैछ। कुवेतको जाबेर अल–अहमद रंगशालामा आज (शुक्रबार) राति पौने १० बजेबाट सुरु हुने खेलमा नेपालले अस्ट्रेलियासँग भिड्ने प्लेइङ सेट सार्वजनिक गरेको छ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले तयार पारेको सेटमा नवयुग श्रेष्ठ, सुनिल बल र सुमन लामा फर्वाड छन्। अन्जन विष्ट र पछिल्ला खेलमा शुरुमै मैदान प्रवेश गरेका अभिषेक रिजाललाई बेन्चमा राखिएको छ। यरिक विष्ट, पुजन उपरकाटी र विशाल राईले स्थान बनाउँदा अघिल्लो खेलमा रहेका सन्तोष तामाङ र विकास खवास भने बाहिर छन्।

नेपालले अष्ट्रेलियाविरुद्ध यसअघि मात्र एक खेल खेलेको छ। सो खेलमा नेपालले ५–० गोलअन्तरको हार बेहोरेको थियो। त्यसबाहेक अष्ट्रेलियासँग नेपाली टिमको कुनै इतिहास छैन।

यस्तो छ नेपाली टिम : नवयुग श्रेष्ठ, सुनील बल , सुमन लामा, एरिक विष्ट, पुजन उपरकोटी, विशाल राई, सुमन अर्याल, रोहित चन्द, अनन्त तामाङ, गौतम श्रेष्ठ र कप्तान किरण चेम्जोङ।

No description available.

प्रकाशित: Jun 11, 2021| 14:47 शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।