काठमाडौं- फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को अन्तिम संयुक्त छनोट खेलमा नेपालले अस्ट्रेलियाको सामना गर्दैछ। कुवेतको जाबेर अल–अहमद रंगशालामा आज (शुक्रबार) राति पौने १० बजेबाट सुरु हुने खेलमा नेपालले अस्ट्रेलियासँग भिड्ने प्लेइङ सेट सार्वजनिक गरेको छ।
प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले तयार पारेको सेटमा नवयुग श्रेष्ठ, सुनिल बल र सुमन लामा फर्वाड छन्। अन्जन विष्ट र पछिल्ला खेलमा शुरुमै मैदान प्रवेश गरेका अभिषेक रिजाललाई बेन्चमा राखिएको छ। यरिक विष्ट, पुजन उपरकाटी र विशाल राईले स्थान बनाउँदा अघिल्लो खेलमा रहेका सन्तोष तामाङ र विकास खवास भने बाहिर छन्।
नेपालले अष्ट्रेलियाविरुद्ध यसअघि मात्र एक खेल खेलेको छ। सो खेलमा नेपालले ५–० गोलअन्तरको हार बेहोरेको थियो। त्यसबाहेक अष्ट्रेलियासँग नेपाली टिमको कुनै इतिहास छैन।
यस्तो छ नेपाली टिम : नवयुग श्रेष्ठ, सुनील बल , सुमन लामा, एरिक विष्ट, पुजन उपरकोटी, विशाल राई, सुमन अर्याल, रोहित चन्द, अनन्त तामाङ, गौतम श्रेष्ठ र कप्तान किरण चेम्जोङ।
