बिहीबार, असार २५, २०८३

म अझै शतप्रतिशत निको भएको छैन : हजार्ड

युरो कप सुरु हुनै लाग्दा पनि उनले ‘म्याच फिट’ नभएको बताएका छन्। र, उनले पहिलो खेलमा रसियाविरुद्ध खेल्नेमा शंका रहेकाे बताएका छन्।
 |  शुक्रबार, जेठ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २८, २०७८

काठमाडौं- फिफा विश्व वरीयतामाको शीर्षस्थानको बेल्जियम टिमका नियमित कप्तान इडेन हजार्ड भने चोट र फिटनेसका कारण खेलका लागि संघर्षरत छन्।

युरो कप सुरु हुनै लाग्दा पनि उनले ‘म्याच फिट’ नभएको बताएका छन्। र, उनले पहिलो खेलमा रसियाविरुद्ध खेल्नेमा शंका रहेकाे बताएका छन्।

रियल मड्रिडका विंगर हजार्ड पछिल्लो दुई वर्षयता चोटसँग संघर्ष गरिरहेका छन्। यसकारण राष्ट्रिय टिममा उनले कस्तो योगदान दिन सक्नेछन् भन्ने अझै स्पष्ट छैन्।

‘मैले एक हप्ता मात्र अभ्यास गरेको छु,’ उनले बेल्जियन मिडिया आरटीबीएफलाई भने, ‘हामी मेडिकल टिमसँग मेरो पहिलो खेलबारे कुरा गर्ने गर्नेछौं। सुरु गर्ने वा नगर्ने भन्ने कुरा मुख्य प्रशिक्षकको निर्णय अन्तिम हुनेछ।’ उनले थपे, ‘तर म अझै सतप्रतिशत ठिक भइकसकेको छैन।’

रसियामा २०१८ मा सम्पन्न फिफा विश्वकप बेल्जियमले तेस्रो स्थान हात पारेपछि उसको युरो कपको उपाधिमा उच्च सम्भावना छ।

उसको टिमसँग गोलकिपर थियाबट कुर्टोसिससँगै यान्निक कारास्को, रोमेलु लुकाकु र केभिन डिब्रुन लगायतका खेलाडी छन्। त्यसैले बेल्जियम यो वर्षको उपाधि दावेदार टिम हो।

उनले आफ्नो खेल जीवनबारे ठट्टा गर्दै यदी बेल्जियमले युरो कप जितेमा संन्यास लिने बताएका छन्। उनले अन्तिममा भने, ‘तर जब हामी रेड डेभिल्का लागि खेल्छौं, हामीलाई जहिल्यै दबाब भने हुन्छ।’

प्रकाशित: Jun 11, 2021| 13:03 शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।