आइतबार, वैशाख २७, २०८३

गायक दीप श्रेष्ठको घरफिर्तीमा स्वास्थ्यकर्मीले गाए श्रेष्ठकै गीत

यो शब्दलाई मोबाइलको स्क्रिनमा हेर्दै अस्पतालका चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीहरूले स्वरमा स्वर थपिरहेका थिए। यो दृश्य हो धुम्बाराहीस्थित ह्याम्स अस्पतालको।
 |  शुक्रबार, जेठ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २८, २०७८

काठमाडौं- 
मलाई जस्तै तिमलाई पनि यस्तै हुन सक्छ 
मेरी मायालु....

National life

यो शब्दलाई मोबाइलको स्क्रिनमा हेर्दै अस्पतालका चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीहरूले स्वरमा स्वर थपिरहेका थिए। यो दृश्य हो धुम्बाराहीस्थित ह्याम्स अस्पतालको।

वरिष्ठ गायक दीप श्रेष्ठ कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भई घर फर्किदै थिए। गायक श्रेष्ठकै गीत गाएर स्वास्थ्यकर्मीले बिदाई गर्दा गायक श्रेष्ठ निकै भावुक भएका थिए। 

गायक श्रेष्ठ स्वास्थ्यकर्मीको गीत सुनेर खुशी व्यक्त गरिरहेका थिए। गलामा खादा, हातमा फूल, शिरमा क्याप टोपी र माक्स लगाएर घर फर्किन लागेका गायक श्रेष्ठ १६ दिनपछि डिस्चार्ज भएका हुन्।

कोरोना पुष्टि भएको केही दिनमा शरीरमा अक्सिजनको लेभर कम भएर धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका गायक श्रेष्ठलाई डिस्चार्ज गर्दाको दृश्य अर्का गायक प्रमोद खरेलले सामाजिक सञ्जालमा राखेका छन्।

यही क्षण अस्पतालका स्वस्थ्यकर्मीहरु निकै भावकताका साथ श्रेष्ठको घरफिर्तीमा गीत गाएका थिए। एक गायकलाई भन्दा बढी खुशी के होला? 

गायक श्रेष्ठ स्वस्थ भई घरमै बस्न मिल्ने भएपछि अस्पतालले बिहीबार दिउँसो डिस्चार्ज गरेको हो। अब उनी केही दिन घरमै आइसोलेसनमा बस्नेछन्।

प्रकाशित: Jun 11, 2021| 12:51 शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्