बुधबार, माघ ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • युरो कप उद्घाटन : उत्साहित इटाली, टर्कीलाई जित निकाल्ने हुटहुटी

युरो कप उद्घाटन : उत्साहित इटाली, टर्कीलाई जित निकाल्ने हुटहुटी

‘हाम्रो लागि समय फर्किएर आएको छ,’ पत्रकार सम्मेलनमा मान्सिनीले भने, ‘समर्थकलाई सन्तोष दिन हामी जुलाईसम्म खेलमा सक्रिय रहनेछौं। जहाँ टिम महादेशीय प्रतियोगितको फाइनल पुग्नेछन्।’
 |  शुक्रबार, जेठ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २८, २०७८

काडमाडौं- युरोपेली देशहरूको फुटबल प्रतियोगिता युरो कप शुक्रबार इटालीको रोम सहरबाट सुरु हुँदैछ। नेपाली समयअनुसार शुक्रबार राती (१२:४५ बजे) सुरु हुने खेलमा इटालीले टर्कीलाई आतिथ्यता प्रदान गर्दैछ।

National life

रोमको ओलम्पिको रंगशालामा महादेशीय प्रतियोगिता जितेको ५३ वर्षपछि इटालीले पुनः त्यही इतिहास दोहोर्‍याउन चाहन्छ। त्यो सम्भव हुनेमा प्रशिक्षक रोबर्टो मान्सिनीलाई इटालीका फुटबल समर्थकले निकै अपेक्षाका साथ लिएका छन्। ठूलो प्रतियोगिताका लागि लामो समय पर्खिएका इटालीका प्रशिक्षक मान्सिनी र कप्तान जोजिया किलिनी बिहीबार आयोजित पत्रकार सम्मेलनमा खुसी व्यक्त गरेका थिए। 

इटालीले सन् १९६८ जुन १० मा भएको दोस्रो खेलमा युगोस्लाभाकियालाई २–० गोलले हराउँदै महादेशीय प्रतियोगिता जितेको थियो। इटालीको इतिहासकै सबैभन्दा पहिलो र ठूलो फुटबल उपाधि थियो। त्यसयता उसले युरो कप जितेन। सन् २००० र सन् २०१२ मा दुई पटक फाइनलमा हार व्यहोरेको थियो। 

‘हाम्रो लागि समय फर्किएर आएको छ,’ पत्रकार सम्मेलनमा मान्सिनीले भने, ‘समर्थकलाई सन्तोष दिन हामी जुलाईसम्म खेलमा सक्रिय रहनेछौं। जहाँ टिम महादेशीय प्रतियोगितको फाइनल पुग्नेछन्।’

इटालीले सन् २००६ मा विश्वकपको उपाधि जितिसकेको छ। सन् २००६ को विश्वकपको ट्रफीभन्दा इटालीलाई पछिल्लो विश्वकपमा छनोट हुन नपाउनुले धेरै सताएको थियो। प्रशिक्षक मान्सिनीको आगमनपछि इटालीका समर्थक खुशी व्यक्त गरिरहेका छन्। इटालीलाई युरो कपको उपाधि चुमाउन सक्छन् भन्ने धेरै समर्थकको आशा छ। शुक्रबार राति टर्कीविरुद्ध हुने खेल इटालीका लागि ठूलो 'एड्भेन्चर' हो।

Laxmi sunrise bank
kumari

‘हाम्रो लागि समय फर्किएर आएको छ,’ पत्रकार सम्मेलनमा मान्सिनीले भने, ‘समर्थकलाई सन्तोष दिन हामी जुलाईसम्म खेलमा सक्रिय रहनेछौं। जहाँ टिम महादेशीय प्रतियोगितको फाइनल पुग्नेछन्।’

इटालीका कप्तान किलिनीले पनि प्रतियोगितामा खेल्न आतुर रहेको बताए। उनले भने, ‘हाम्रो टिममा निकै राम्रा खेलाडी छन्। टिम राम्रो छ। यो टिमसँगै हामी लन्डन पुग्न चाहन्छौं।’ युरो कपको सेमिफाइनल र फाइनल खेल लन्डनको वेम्बले रंगशालामा हुने तय भएको छ। ‘फाइनल खेल्न लन्डन पुग्ने कुरामा म प्रतिबद्ध छु,’ किलिनीले भने।

गत बुधबार इटालीका लोरेन्जो पेलेग्रिनी चोटग्रस्त भएपनि उनको ठाउँमा गाइटानो क्यास्ट्रोविल्लीले खेल्दैछन्। ‘पेलेग्री निकै महत्वपूर्ण खेलाडी थिए। उनी खेलमा उपस्थित हुन सकेनन्। हामी उनलाई सरी भन्न चाहन्छौं,’ प्रशिक्षक मान्सिनी भन्छन्।

यता टर्की फुटबल टिमका प्रशिक्षक सेनोल गुन्सले युरो कपको उद्घाटन खेल्न पाउनु सुखद् भएको बताएका छन्

यसपटकको युरो कपमा इटालीलाई च्याम्पियन बनाउने गुण के छ भन्ने प्रश्नमा कप्तान किलीनी रमाइलो उत्तर दिन्छन्, ‘लापरबाह, एकाग्रता र टिमको पागलपन त्यस्तो कुरा हो जसले कुनै कुरा जित्न सहयोग गर्छ।’

000

यता टर्की फुटबल टिमका प्रशिक्षक सेनोल गुन्सले युरो कपको उद्घाटन खेल्न पाउनु सुखद् भएको बताएका छन्। ‘राष्ट्रिय टिमका तीन खेलाडीबाहेक जसले यो प्रतियोगिता पहिलो पटक खेल्दैछन्। उनीहरुका लागि यो निकै गर्वको कुरा हो,’ प्रशिक्षक गुन्सले भने, ‘हामीले इटालीविरुद्ध जित निकालेका छैनौँ। त्यसैले खेलाडी पहिलो जितको अनुभव लिन चाहन्छन्।’

आउँदो खेलमा जित निकाल्नु आफ्नो लागि गर्वको कुरा भएको उनले बताएका छन्। उनले उपाधि दावेदार भएर युरो कपमा नआए पनि त्यो हुन प्रयत्न गर्ने बताए।

इटालीसँगको खेल जस्तो भएपनि उसलाई फाइनलमा भट्ने गरी अघि बढ्ने उनको भनाइ छ। टर्कीले २००२ को विश्वकपको पहिलो खेलमा ब्राजिलसँग खेलेको थियो। उसले सोही विश्वकपको सेमिफाइनलमा ब्राजिलसँग पुनः प्रतिस्पर्धा गरेको थियो। विश्वकपको त्यो प्रसंग सम्झँदै गुन्सले इटालीसँग पनि त्यस्तै हुनसक्ने आकलन गरे।

प्रकाशित: Jun 11, 2021| 10:25 शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।