बिहीबार, असार २५, २०८३

फ्रेन्च ओपनको फाइनलमा कृटिकोभा र पभ्ल्युचिन्कोभा भिड्ने

जारी फ्रेन्च ओपन टेनिसको महिलातर्फको फाइनलमा चेक खेलाडी बार्बोरा कृटिकोभा र रसियन स्टार अनास्थेसिया पभ्ल्युचिन्कोभाले प्रतिस्पर्धा गर्ने भएका छन्।
 |  शुक्रबार, जेठ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २८, २०७८

काठमाडौं- जारी फ्रेन्च ओपन टेनिसको महिलातर्फको फाइनलमा चेक खेलाडी बार्बोरा कृटिकोभा र रसियन स्टार अनास्थेसिया पभ्ल्युचिन्कोभाले प्रतिस्पर्धा गर्ने भएका छन्।

बिहीबार राति सम्पन्न सेमिफाइनल खेलमा कृटिकोभाले नाटकीय जित निकाल्दै फाइनलमा प्रवेश गरेपछि उनीहरूको फाइनल भेट निश्चित भएको हो।

२५ वर्षे कृटिकोभाले सेमिफाइनलको खेलमा मारिया सक्करीलाई २–१ को सेटमा हराएकी थिइन्। तीन घण्टा चलेको खेलमा कृटिकोभाले ७–५, ४–६ र ९–७ सेटको जित निकाल्दै फाइनल पुगेकी हुन्।

महिलाको ३३ औं वरीयतामा रहेकी कृटिकोभाले सेमिफाइनलको जितपछि भनिन्, ‘म जहिल्यै यस्तै जितको खोजीमा रहन्छु। जब म युवा खेलाडी थिएँ मलाई चुनौतीपूर्ण खेल खेल्न पन पर्थ्यो।’

उनले सेमिफाइनलको खेलमा हार बेहोरेको भए पनि दुःखी नहुने बताएकी छन्। यता कृटिकोभासँग फाइनलमा ३१ औं वरीयताकी पभ्ल्युचिन्कोभाले प्रतिस्पर्धा गर्नेछिन। पभ्ल्युचिन्कोभाले सेमिफाइनलमा स्लोभानियाकी टामारा जिडानसेकलाई सोझो सेटमा हराएकी थिइन्।

२९ वर्षे पभ्ल्युचिन्कोभाले पेरिस क्लेमा ७–५ र ६–३ को सेटमा जित निकालेकी हुन्। फाइनल खेल शनिबार हुनेछ।

प्रकाशित: Jun 11, 2021| 01:44 शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।