बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • एन्डरसन बने इंग्ल्यान्डका सबैभन्दा धेरै टेस्ट क्रिकेट खेल्ने खेलाडी

एन्डरसन बने इंग्ल्यान्डका सबैभन्दा धेरै टेस्ट क्रिकेट खेल्ने खेलाडी

इंग्ल्यान्डका तीव्र गतिका बलर जेम्स एन्डरसन राष्ट्रिय टिमबाट सबैभन्दा धेरै टेस्ट क्रिकेट खेल्ने खेलाडी बनेका छन्।
 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

काठमाडौं- इंग्ल्यान्डका तीव्र गतिका बलर जेम्स एन्डरसन राष्ट्रिय टिमबाट सबैभन्दा धेरै टेस्ट क्रिकेट खेल्ने खेलाडी बनेका छन्।

न्यूजिल्यान्डविरुद्धको खेलमा सहभागी बन्दै उनी इंग्ल्यान्डको टिमबाट सर्वाधिक क्याप पाउने खेलाडी बनेका हुन्।
३८ वर्षे क्रिकेटरले अहिलेसम्म इंग्ल्यान्डबाट १६२ क्याप जितेका छन्। उनले पूर्वकप्तान अलास्टेयर कुकको रेकर्ड तोडेका हुन्।

उनले इंग्ल्यान्डको टिममा २००३ देखि खेल्न सुरु गरेका थिए। यस दौरान उनले ६१६ विकेट गिराएका छन्। जुन इंग्ल्यान्डको रेकर्ड विकेट पनि हो।

‘मलाई विश्वास नै लागिरहेको छैन कि मैले रेकर्ड तोडेँ। यो निकै रमाइलो यात्रा रह्यो’, उनले भने। तर सबै फर्म्याटको क्रिकेटमा भने उनी धेरै क्याप जित्ने खेलाडीको सातौं नम्बरमा पर्छन्। त्यस्तै सबै फर्म्याटमा धेरै विकेट लिनेको चौथो नम्बरमा पर्छन्। तर तीव्र गतिका बलरहरुमा उनी सर्वाधिक क्याप जित्ने र सर्वाधिक विकेट लिने खेलाडी हुन्।

‘म आफूलाई भाग्यमानी ठान्छु कि मेरो शरीरले पनि बलिङ गर्न सहज मान्छ,’ उनले भने, ‘म आफ्नो फिटनेस र सिपमा धेरै मेहेनेत गर्छु। र, हरेक दिन राम्रो प्रदर्शन गर्ने मेरो भोक हुन्छ।’

उनले रेकर्ड बनाएपछि बिहीबारको खेलमा पनि १६२ नम्बरको जर्सी प्रयोग गरेका छन्। न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा इंग्ल्यान्डले टस जितेर ब्याटिङ रोजेको छ।

प्रकाशित: Jun 10, 2021| 11:13 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।