बिहीबार, असार २५, २०८३

विश्वकप छनोटमा अष्ट्रेलियाविरुद्ध युवा टिम उतार्ने तयारी

राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले विश्वकप छनोटको अन्तिम खेलमा अष्ट्रेलियाविरुद्ध नेपालको युवा खेलाडीलाई मौका दिने बताएका छन्।
 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

काठमाडौं- राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले विश्वकप छनोटको अन्तिम खेलमा अष्ट्रेलियाविरुद्ध नेपालको युवा खेलाडीलाई मौका दिने बताएका छन्।

उनले शुक्रबारको खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै युवा खेलाडीलाई अवसर दिने बताएका हुन्। ‘हो, सबै कुरा राम्रो रह्यो भने उनीहरुले (युवा खेलाडी) खेल्नेछन्’, प्रशिक्षक अलमुताइरीले भने, ‘थाहा छ कि अष्ट्रेलियासँग खेल्नु चुनौतिपूर्ण हुनेछ तर उनीहरुले खेल्नु महत्वपूर्ण छ।’

अलमुताइरीले आफ्नो नेतृत्वमा नेपालले अर्को एउटा राम्रो खेल देखाउने दाबी गरेका छन्। उनले नेपालको खेल्ने शैलीमा सुधारिएको भन्दै अष्ट्रेलियाविरुद्धको खेलमा सबै समर्थकलाई खुसी बाँड्ने बताए। अष्ट्रेलियाका प्रशिक्षक ग्राहम अर्नोल्डले पनि मैदान उत्रने खेलाडीमा परिवर्तन ल्याउने बताएका छन्।

उनले भने, ‘हाम्रो स्क्वाडमा चार गोलकिपरसँगै २९ खेलाडी छन्। त्यसैले नेपालविरुद्धको खेलमा केही परिवर्तन हुनेछ।’
उनले नेपाली टिमले कडा अभ्यास गरेको बताउँदै आफ्नो टिमले नेपालविरुद्ध राम्रो प्रदर्शन गर्ने बताए।

‘नेपाली टिमले कडा मेहनत गरिरहेको छ र उसको खेल्ने शैली पनि परिवर्तन भएको छ। मैदानमा खेलाडीको रनिङ राम्रो छ’, उनले भने, ‘नेपाल फुटबलमा विकासशील टिम हो। त्यसको सम्मान गर्दै हामी राम्रो प्रदर्शन गर्ने लक्ष्यमा हुनेछौं।’

फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटअन्तर्गत नेपालले भोलि (शुक्रबार) अष्ट्रेलियासँग खेल्दैछ। विश्वकप छनोटमा यो नेपालको अन्तिम खेल पनि हो।

विश्वकप छनोटबाट बाहिरिसकेको भए पनि अष्ट्रेलियाविरुद्धको खेलमा जित निकाल्न नसके पनि नेपाले एसिया कपको छनोटमा पुग्न प्ले अफ खेल्न पाउनेछ।

प्रकाशित: Jun 10, 2021| 09:36 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।