बिहीबार, असार २५, २०८३

टोक्यो आलम्पिकमा जिपीएसबाट खेलाडीको नियमन गरिने

जापानको टोक्योमा आयोजना भएको समर ओलम्पिकमा जीपीएस प्रयोग गरिने भएको छ।
 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

काठमाडौं- जापानको टोक्योमा आयोजना भएको समर ओलम्पिकमा जीपीएस प्रयोग गरिने भएको छ। टोक्यो २०२० को आयोजनकले खेलाडीको नियमन गर्नका लागि जीपीएस प्रविधिको प्रयोग गर्ने बताएको हो।

जीपीएस प्रणाली खेलाडीको वास्तविक समयको गति बुझ्नका लागि नभएर कोभिड १९ को केसबारे अध्ययन गर्नका लागि प्रयोग गरिने आयोजकले बताएको छ।

यस्तो नियमन प्रणालीमा मिडियाका अन्तर्राष्ट्रिय सदस्यहरू पनि जोडिनु पर्ने आयोजकले बताएको छ। तर, अहिलेसम्म यो निर्णय भएको छैन कि खेलाडी बस्ने ठाउँमा अल्कोहलको प्रयोग हुन्छ वा हुँदैन्।

जापानको राजधानी टोक्योमा कोभिड १९ को महामारीका कारण अहिले पनि आपतकालिन अवस्था घोषणा गरिएको छ। तर, अब प्रतियोगिता सुरु हुन मात्र ६ हप्ता बाँकि छ।

आउँदो समर ओलम्पिक जुलाई २३ बाट अगस्ट ८ सम्म सञ्चालन हुँदैछ। त्यस्तै पारालम्पिक भने २४ अगस्टबाट ५ सेम्टेम्बरसम्म हुनेछ।

आयोजक समितिका अध्यक्ष तोसिरो मुतोले डेल्टा भाइरस भइरकेको देशका खेलाडीले सहभागिता जनाउन नपाउने बताएका छन्। उनले यसलाई ठूलो पश्चतापसाथ बताउनु परेको जनाएका छन्।

प्रकाशित: Jun 10, 2021| 04:16 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।