बिहीबार, असार २५, २०८३

जोकोभिच र नाडाल फ्रेन्च ओपनको सेमिफाइनलमा

राफेल नाडानसँगै नोभाक जोकोभिच जारी फ्रेन्च ओपनको सेमिफाइनलमा पुगेका छन्।
 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

काठमाडौं- राफेल नाडानसँगै नोभाक जोकोभिच जारी फ्रेन्च ओपनको सेमिफाइनलमा पुगेका छन्। जोकोभिचले बुधबार रातिको खेलमा इटालीका माटिउ भेरेट्टेनीलाई हराउँदै क्वार्टरफाइनलमा जित निकालेका हुन्।

पाँच हजार समर्थक उपस्थित रंगशालामा सर्वियाका जोकोभचले लगातार दुई सेटमा जित निकालेका थिए। तर, प्रतिस्पर्धात्मक तेस्रो सेटमा भने भेरेट्ट्नीले जित निकाले थिए।

चौथो सेटमा जोकोभिचले पुनरागमन गर्दै खेल आफ्नो पोल्टामा परेका थिए। यससँगै खेल ६-३, ६-२, ६-७ (५-७) र ७-५ को सेटमा खेल जोकोभिचले जिते।

अब जोकोभिचले सेमिफाइनलमा आफ्नो निकट प्रतिद्वन्दी राफेल नाडालसँग खेल्नेछन्। जो १४औं पटक रोनाल्ड ग्यारोजको उपाधि जित्दै रेकर्ड बनाउन चहान्छन्।

अबको खेलमा यी दुई टेनिस स्टार ५८औं पटक भेट हुन लागेका हुन्। उनीहरूलेको विजेताले अर्को सेमिफाइनलमा भिड्दै गरेका ग्रिक खेलाडी स्टेफानो सिसिपास र जर्मन अलेक्जेन्डर जेरेभको विजेतासँग फाइनलमा भिड्नेछन।

यदि नाडालले उपाधि जितेमा उनी पुरुषतर्फ सर्वाधिक उपाधि जित्ने खेलाडीमा पर्नेछन्। नाडाल र रोजर फेडेररले सर्वाधिक समान २०-२० उपाधि जितेका छन् भने ३४ वर्षे जोकोभिचले १८ उपाधि जितेका छन्।

प्रकाशित: Jun 10, 2021| 02:02 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।