बिहीबार, असार २५, २०८३

पोर्चुगलको जितमा फर्नान्डेस र रोनाल्डोको गोल

इजरायलविरुद्ध मैत्रीपूर्ण खेलमा पोर्चुगलले जित निकालेको छ।
 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

काठमाडौं- इजरायलविरुद्ध मैत्रीपूर्ण खेलमा पोर्चुगलले जित निकालेको छ। पोर्चुगलमा सम्पन्न खेलमा घरेलु टिमलाई ४–० गोलको जित दिलाउन ब्रुनो फर्नान्डेसले दुई गोल गरेका थिए।

इजरायलविरुद्ध सानदार जित निकालेसँगै पोर्चुगलले युरो कपको तयारी पनि अन्तिम चरणमा पुर्‍याएको छ।

खेलको ४२औं मिनेटमा जोआ क्यान्सेलोले दिएको पासलाई फर्नान्डेसले गोल गरेका थिए। त्यसको दुई मिनेटमै फर्नान्डेसले सिर्जना गरेको अवसरमा रोनाल्डोले गोल गरेर पहिलो हाफमा पोर्चुगललाई ४–० गोलको अग्रता दिलाए।

खेलको ८६औं मिनेटमा गोन्कालो गिएड्सको एसिस्टमा क्यान्सेलोले गोल गरे भने चोटिल समयमा फर्नान्डेले व्यक्तिगत दोस्रो गोल गरे। यससँगै पोर्चुगलले ४–० गोलको सहज जित निकाल्यो।

पोर्चुगलले आगामि मंगलबार युरो कपको पहिलो खेलमा हंगेरीसँग खेल्दैछ।

प्रकाशित: Jun 10, 2021| 01:35 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।