बुधबार, माघ ७, २०८२

क्रिकेट खेलाडीको खेल भत्ता बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ आर्थिक कार्यविधि पारित गरेको छ। क्यान कार्यसमितिको बैठकले सो कार्यविधि पारित गरेको हो। 
 |  बुधबार, जेठ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २६, २०७८

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ आर्थिक कार्यविधि पारित गरेको छ। क्यान कार्यसमितिको बैठकले सो कार्यविधि पारित गरेको हो। 

National life

दुई दशकपछि क्यानले कार्यविधिमा परिमार्जन गरेको हो। कार्यविधिमा खेलाडीको खेल भत्ता बढाइएको छ। खेलाडीले एक दिवसीय अन्तरराष्ट्रिय प्रतियोगिता खेल्दा १० हजार रुपैयाँ भत्ता पाउने छन्। यसअघि टी २० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा ५ हजार भत्ता पाइन्थ्यो।

यस्तै महिला खेलाडीले एक दिवसीय प्रतियोगिताको पाँच हजार र टी २० प्रतियोगितामा तीन हजार रुपैयाँ पाउनेछन्। खेलाडीले बन्द प्रशिक्षणमा दैनिक रु पाँच सय भत्ता पाउने कार्यविधिमा व्यवस्था गरिएको छ। 

घरेलु प्रतियोगिता हुँदा खेलाडीले रु. पाँच सय भत्ता पाउने क्यानले जनाएको छ। क्यानले कोषाध्यक्ष रोशन सिंहको संयोजकत्वमा तीन सदस्यीय आर्थिक कार्यविधि तयार समिति गठन गरेको थियो। समितिका सदस्यमा दुर्गाराज पाठक र माधव कर्माचार्य रहेका थिए। रासस

प्रकाशित: Jun 09, 2021| 15:07 बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।